इटहरीः इमर्जिङ्ग नेपालले आइपिओ बिक्रि खुल्ला गरेको दुई दिनमै माग भन्दा ३१ दशमलव १३ गुणा बढि शेयरको माग भएको छ ।
इमर्जिङ्गको आइपीओमा १ अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएअनुसार बिहीबार साँझ सम्ममा १३ लाख ७३ हजार ८ सय १ जनाले १ करोड ६० लाख ८५ हजार २७० कित्ता शेयर माग गर्दै आवेदन दिएका छन् ।
यो आवेदन कम्पनीले बिक्रिका लागि खुल्ला गरेको शेयरको ३१/१३ गुणा बढी आवेदन हो । इमर्जिङ्गले माघ २६ गतेबाट प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो ।
यो मध्ये २५ अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५५ अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ ।