काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विमति भित्र सहमतिको खोजि भइरहेको वताएका छन् । नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोक नगरमा काभ्रेका नेपाली कांग्रेसका नेता राम तामाङको नेतृत्वमा ५० जना वढी नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष नेपालले बर्तमान सत्ता गठवन्धन बाम लोकतान्त्रिक गठवन्धन भएकोले कतिपय वैचारीक विमतिका बावजुत सहमतिको खोजि हुनेगरेको वताए ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले देश अब चुनावमा होमिएकोले सवै कार्यकर्ताहरुलाई चुनावको तयारी सहित पार्टी र संगठन निर्माणका काममा लाग्न निर्देशन समेत गरे ।
नेता नेपालले भूत्ते भएको एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै पार्टीसंग नेपाली नागरिकहरुले धेरै ठूलो अपेक्षा गरेको भन्दै वर्तमान वामपन्थि लोकतान्त्रीक शक्तिसंग स्थानिय मात्र होईन प्रदेश र संघको निर्वाचन सम्मै मिलेर जाने भन्दै यो गठवन्धन संविधानको रक्षा ,संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको पक्षको भएको भन्दै दक्षिणपन्थिको विरुध्द एकजुट भएर जाने विचार व्यक्त गरे ।
नेता नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन कायमै राख्ने कुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक रहेको बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले लोकतान्त्रिक मान्यता बोकेको कांग्रेस भित्र केही मत भिन्नता भएपछि मुल नेतृत्व गठबन्धनसँग सकारात्मक रहेको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका ५० जनालाई नेता नेपालले खादा र अबिर लगाएर स्वागत गरेका थिए । अध्यक्ष नेपालले नवप्रवेशीहरुलाई बधाई दिँदै जनताको विश्वास जितेर र समर्थन प्राप्त गर्ने कार्यमा लाग्न आग्रह गरे ।
पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले क्रान्तिकारी बाटोवाट विचलित भएको एमाले परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताए । नेता नेपालले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने भन्दै आज सबैतिर एमाले परित्याग गर्ने र एकीकृत समाजवादी प्रवेश गर्नेको लहर चलिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved