रामधुनीः सुनसरीको रामधुनी नगर शिक्षा समितिले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणका कारण बन्द गरिएका विद्यालयहरु फागुन १ गतेदेखि खोल्ने निर्णय गरेको छ ।
रामधुनी शिक्षा शाखा प्रमुख राजन गेलालका अनुसार १२ बर्ष पुरा भएका विद्यार्थीको हकमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने र सोभन्दा कम उमेरका विद्यार्थीको हकमा विद्यार्थी संख्या र भौतिक अवस्थालाई मध्यनजर गर्दै आलोपालो वा सिफ्ट बनाई सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।
लामो समय विद्यालय बन्द गर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेकाले स्वास्थ्य सचेतना अपनाएर विद्यालय सञ्चालनको निर्णय गरिएको रामधुनी नगरपालिकाले जनाएको छ ।