इटहरीः नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ सुनसरीको अध्यक्षमा इटहरीका उद्योगी व्यवसायी राजेन्द्र केशरी घिमिरे चयन भएका छन् । शनिवार इटहरीको दुर्गा पाटी प्यालेसमामा भएको व्यवसायिक भेलाले घिमिरेलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।
भेलाले जिल्लाको उपाध्यक्षद्धयमा फडिन्द्र पौडेल र काजी गिरीलाई चयन गरेको छ । सचिवमा पुष्प कार्की, कोषाध्यक्षमा रमेश श्रेष्ठ , उपसचिवद्धयमा उमेश दाहाल र जीवराज दाहाल चयन गरेको छ । त्यसैगरि सोही भेलाले सहकोषध्यक्षमा शुभेच्छा अधिकारी र सदस्यहरू सुरेश कार्की, वेदनाथ भेटवाल,लीला राई,अनिता निरौला,दीपक घिमिरे, गणेश सुवेदी,विनोद घिमिरे,सुवास गौतम,किसन केडिया,दिनेश धमला,दुर्गा थापा, विमला लम्साललाई चयन गरेको छ ।

273544554_3121464851468076_2450124491815051580_n