काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधव नेपालले नेपाली राजनितिमा एकीकृत समाजवादी पार्टीको विशिष्ट भूमिका रहेको बताएका छन् ।

महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई स्वागत गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको हित र कल्याणको निम्ति समाजवादको यात्रामा निरन्तर र प्रतिवध्दताका साथ लागि परेको बताए ।

आफूहरुले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादी भाषामा जकडिएपछि सुध्रने लक्षण नदेखेर आफूहरुले कम्युनिष्ट आन्दोलनको निरन्तरता स्वरुप विद्रोह गनु परेको भन्दै राष्ट्रिय राजनितिमा आफ्नो पार्टीले तरंग पैदा गरेको बताए ।

273500736_366911684906626_5699253678979394668_n

उनले एमसीसी संग विभिन्न आशंका कायमै भएको भन्दै अहिलेको अवस्थामा एमसिसी अगाडि वढाउन नसकिने बताए । नेपाललाई कुनै पनि नाममा रणभूमि बनाउन नचाहाने भन्दै अध्यक्ष नेपालले आफूहरु असंलग्न परराष्ट्र निति अवलम्वन गर्ने बताए ।

बर्तमान गठवन्धन आगामी ३ वटै निर्वाचनमा मिलेर जाने भन्ने वारेमा पटक पटक कुराकानी भएको भन्दै नेता नेपालले प्रतिगामीहरुको विरुद्धमा मोर्चावन्दी हुने र त्यस्तो मोर्चावन्दि केहि दिन अगाडि भएको राष्ट्रिय सभा निर्वाचनले लक्षित गरीसकेको भन्दै त्यसकोलागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई उत्साहका साथ आ आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिए ।

273775122_373115570851303_3606798990930965555_n

पार्टीको केन्द्रीय कार्यालयमा आइतबार नेकपा एमाले मधेश प्रदेश कमिटि सदस्य नरबहादुर स्याङतान,नेकपा एमाले नेता तेजप्रसाद अधिकारी,सुबर्ण प्रसाद पौडेल र जसपाका नेता जयकुमार झालाई टीका र खदा लगाई स्वागत गरीएको थियो । कार्यक्रममा वोल्दै नेता स्याङतानले एमाले अव कम्युनिष्ट नरहेको भन्दै सवै इमान्दार नेता तथा कार्यकर्ताहरुलाई त्यो भ्रमवाट मुक्त हुन र एकीकृत समाजवादीमा समाहित हुन आग्रह गरे ।