विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापित देशको पहिलो प्राबिधिक विश्वविद्यालयले आउँदो शैक्षिक शत्र बैशाखदेखी ईन्जिनियरिङ बिषयमा स्नातक तहको पढाई शुरु गर्ने भएको छ ।

देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय (एमटीयू) ले २०७९ बैसाखदेखी ईन्जिनियरिङतर्फ रेल्बे , रोपवे (केवलकार) पानी जहाज र लजिष्टिक लगायत बिषयमा स्नातक तहको पहिलो ब्याचको पढाई शुरु गर्ने भएको हो ।

बैशाखदेखी स्नातक तहको बिईइन सिभिल ईन्जिनियरिङ र बिईइन ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ पहिलो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आबेदन खुला गरेको प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेले जानकारी दिए । उनका अनुसार पहिलो पटक सञ्चालन हुन लागेको स्नातक तहको पहिलो चार बर्षे ईन्जिनियरिङ बिषयमा सिभिलतर्फ २४ जना र ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्सतर्फ २४ जना गरि जम्मा ४८ जना बिद्यार्थीहरु भर्ना हुनेछन ।

भर्नाका लागि यही ३ फागुनदेखी एक महिना सम्म प्रबेश परीक्षाका लागि आबेदन खुला भएको र देश बिदेशका ईच्छुक बिद्यार्थीले आवेदन गर्न सक्ने उपकुलती पोखरेलले बताए । भर्ना हुने चाहने बिद्यार्थीहरुले भौतिक र जिव बिज्ञानमा उच्च माध्यमिक तह , ए लेभल उत्तीर्ण , ईन्जिनियरिङमा डिप्लोमा गरेका वा सो सरहको परीक्षमा गणित , फिजिक्स ,अनि केमेस्ट्रिमा ४५ प्रतिशत अंक ल्याएर उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै लेटर ग्रेडिङ भएमा फाइनल ग्रेडमा कम्तीमा सि ग्रेड हुनुपर्ने छ ।

1359356838manmohan-university

स्नातक तहको ईन्जिनियरिङ संकायमा रेल्बे , रोपबे र पानी जहाज, भौतिक पुर्बाधार निर्माणदेखी स्वदेशी उद्योगहरुलाई आवश्यक पर्ने सुहाउँदो जनशक्त्ति उत्पादन गराउने विभिन्न बिषयमा पठनपाठन गरिने एमटियुका डिन डा प्रचण्डमान प्रधानले जानकारी गराए । डिन प्रधानका अनुसार स्नातक तहको ईन्जिनियरिङ बिषय पठनपाठनका लागि आधुनिक ल्याब सहित सबै भौतिक पुर्वाधार र आवश्यक जनशक्त्ति तयार भैसकेको छ ।

रजिष्ट्रार दिननाथ फुँयालका अनुसार स्नातक तहको चार बर्षे सिभिल ईन्जिनियरिङ कोर्ष पढन साधारण नेपाली बिद्यार्थीले ५ लाख ८० हजार विदेशी बिद्यार्थीले ८ लाख ५० हजार र प्रयोजित बिद्यार्थीका लागि ७ लाख १५ हजार रुपैया शुल्क निर्धारण गरिएको छ । भर्ना भएका बिद्यार्थीले पछि फिर्ता हुनेगरि प्रयोगशाला र स्कुल वापत १० हजार रुपैया धरौटी राख्नुपर्ने छ ।

एमटियुले ईन्जिनियरिंङ बिषयको पहिलो सत्रदेखी नै ४८ जना बिद्यार्थी मध्ये जम्मा १० जना बिद्यार्थीलाई विभिन्न छात्रबृत्ती दिनेछ । यसैगरि भर्नाका लागि दलित, आदिबासी जनजाती , स्थानिय , महिला , घाइते अपाङ सहित २७ जना बिद्यार्थीका लागि कोटा छुटयाएको छ । २१ जना बिद्यार्थीहरुले चाँही खुल्लाबाट भर्ना गरिनेछन ।