इटहरीः इटहरी उपमहानगरपालिकाले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।
उपमहानगरले भोलि फागुन ३ गते मंगलबारबाट ८ गते आइतबारसम्म कोभिसिल्ड खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको हो ।

कोभिसिल्डको यो खोप पहिलो मात्रा भेरोसिल, कोभिसिल्ड अथवा एष्ट्राजेनिका जुन लगाएको भएपनि दोस्रो मात्रा कोभिसिल्ड लगाउने उपमहानगरले बताएको छ । कोभिड १९ विरुद्धको अन्य खोप पर्याप्तमात्रामा नआएको र स्वास्थ्य मन्त्रालयले भेरोसिल, कोभिसिल्ड र एष्ट्राजेनिका जुन लगाएको भएपनि दोस्रो मात्राको रुपमा कोभिसिल्ड लगाउँदा फरक नपर्ने प्रमाणित गरेका कारण कोभिसिल्डको अभियान सुरु गरिएको बताइएको छ ।

इटहरी उपमहानगरले हाँसपोसा स्वास्थ्य चौकिमा फागुन ३ , ४, ६ र ८ गते कोभिसिल्डको दोस्रो डोज लगाउने तालिका छ । हाँसपोसा स्वास्थ्य चौकी अन्र्तगत पञ्चायत रजत जयन्ति विद्यालय इटहरी १५ मा ३ गते, असहाय भवन तरहरा र सुमनको हस्पिटल इटहरी २० मा ४ गते र हाँसपोसा स्वास्थ्य चौकी इटहरी १ मा ५, ६ र ८ गते खोप लगाउने कार्यक्रम छ ।

itahari napa corona chop

त्यसैगरी खनार स्वास्थ्य चौकी अन्तर्गत आधारभुत स्वास्थ्य केन्द्र इटहरी १० डुमरटकामा ३ गते, खनार स्वास्थ्य चौकी इटहरी १२ मा ४ गतेदेखि ८ गते सम्म खोप कार्यक्रम सन्चालन गरिने बताइएको छ भने पकली स्वास्थ्य चौकी अन्तर्गत वडा नम्बर १७, १८ का वासिन्दाको लागि ३ र ४ गते पकली स्वास्थ्य चौकी र वडा कार्यलय पकली र ५ गते देखि ८ गते सम्म पकली स्वास्थ्य चौकीमा खोप कार्यक्रम संचालन हुने कार्यतालिका छ ।

उपमहानगरले वडा नम्बर १४, १५ र १६ का बासिन्दाको लागि ३ गते पार्वती मावि इटहरी १४, ४ गते शान्ति श्रृजना मावि इटहरी १४ र ३ गते देखि ८ गते सम्मै एकम्बा स्वास्थ चौकी भवनमा खोप कार्यक्रम चलाउने भएको हो ।
उता वडा नम्बर २ देखि ९ सम्मका बासिन्दाको लागि इटहरी अस्पताल अन्तर्गत ३ गते देखि ५ गते सम्म २ नम्बर वडा कार्यालय, वडा नम्बर ३ का लागि ३ गते देखि ५ गते सम्म आधारभुत स्वास्थ्य केन्द्र इटहरी ३ , वडा नम्बर ४ को लागि ३ गते देखि ५ गते सम्म आधारभुत स्वास्थ्य केन्द्रको नयाँ भवन इटहरी ४ खानेपानीको कार्यलय छेउमा खोप लगाइने छ ।

त्यसैगरी उपमहानगरले वडा नम्बर ५ का बासिन्दाको लागि ३ गते देखि ५ गते सम्म आधारभुत स्वास्थ्य केन्द्रको भवन इटहरी ५ काव्यवाटिका, वडा नम्बर ७ का बासिन्दाको लागि ३ गते देखि ५ गते सम्म आधारभुत स्वास्थ्य केन्द्र इटहरी ७ साथै वडा नम्बर ८ का बासिन्दाको लागि ३ र ४ गते आधारभुत स्वास्थ्य केन्द्र इटहरी ८ र वडा नम्बर ६ र ९ का बासिन्दाको लागि ३ गते देखि ८ गते सम्म इटहरी रंगशालामा खोप कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाले बताएको छ । खोप कार्यक्रम हरेक दिन ११ बजेदेखि ४ बजेसम्म संचालन हुने र खोप लगाउने नागरिकले पहिलो डोज लगाएको खोप कार्ड लिएर आउनु पर्ने इटहरी उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ ।