इटहरीः नेपालको समग्र धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनौट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको सिफारिसमा पर्नेहरुमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश कुमार हमाल रहेका छन् ।

१५ जनाको आवेदन परेको अध्यक्ष पदका लागि छनौट समितिले यी ३ वटा नामलाई सिफरिस गरेको हो । दोस्रो चरणको अन्तवार्ता र कार्ययोजना प्रस्तुतिकरणको लागि ५ जनाको नाम आएको थियो भने जसबाट यी तीन जना फाईनलमा आएका हुन् । सिफारिस भएका ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषद्को आगामी बैठ्कले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।