इटहरीः टिभिएस ब्राण्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनका लागि देशभरी चल्ने टिभिएस किँङ्ग विन्टर सर्भिस क्याम्प इटहरीमा पनि सोमबारबाट शुरु भएको छ ।

टिभिएसको नेपालका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सको इटहरी स्थित सप्लायर्स नयन ट्रेडर्सले सोमबार प्रख्यात गायकद्धय महेश काफ्ले र आयुफ लुइटेलबाट रिवन काटेर क्याम्पको शुभारम्भ गरेका छन् ।

पहिला इटहरीको राजश्व ढाटबाट सेवा दिइरहेको नयन ट्रेडर्सले अव भने इटहरीको मिलन चोकबाट सोरुम र सर्भिस एकैठाउँबाट सेवा दिनेछ ।
देशव्यापी रुपमा सुरु भएको विन्टर सर्भिस क्याम्पमा ग्राहकलाई उत्कृष्ट सेवा दिने र बिभिन्न सुविधाको साथै विशेष छुट र आकर्षक उपहार समेत दिने नयन ट्रेडर्स इटहरीका समिसन पराजुलीले बताए ।

273592006_466594181675941_895127113821528928_n

पराजुलीका अनुसार मेलामा सहभागी हुने सबै ग्राहकहरुले सर्भिसिङ्ग, मेन्टेनेन्स र लेवर चार्ज तिर्नपर्दैन भने स्पेयर पार्टसमा समेत १५ प्रतिशत छुट पाउने भएका छन् । क्याम्प अवधिमा आउने ग्राहकलाई अर्को सर्भिसिङ्गमा समेत ५ प्रतिशत छुट दिने कुपन दिइने पारजुलीले बताए । जगदम्भा मोटर्सले ३ जना भाग्यशाली ग्राहकलाई विशेष उपहार समेत दिने भएको छ । टिभिएस किँग खरिद गर्ने ग्राहकलाई मेला अवधिभर ५ हजार छुट समेत दिइने जगदम्भा मोटर्सले जनाएको छ ।

नेपालमा अहिले टिभिएसमा ५ वटा मोडल र डिजाइनमा तीन पाँग्रे गाडीहरु भएको र यी सबै सर्वाधिक टर्क सहति अधिक शत्तिशाली रहेको जगदम्भा मोटर्सको दावी छ । तीन पाँग्रे सवारीमा फराकिला सिट भएकाले धेरै यात्रु अटाउन सकिने र अधिक आम्दानी समेत गर्न सकिने जगदम्भाले बताएको छ ।

देशभर १०० भन्दा बढि डिलरबाट टिभिएस ब्राण्डका सवारी साधनहरु बिक्री वितरण गरिरहेको जगदम्भाले विक्रि पश्चातको सेवा राम्रो दिइरहेको साथै ग्राहकलाई उच्चतम सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ । आकर्षक उपहार सहितको यो विन्टर सर्भिस क्याम्प फागुन १६ गते सम्म चल्ने बताइएको छ ।