रामधुनीः सुनसरीको रामधुनी नगरपालिकामा पर्ने प्रसिद्ध धार्मिक स्थल रामधुनी मन्दिर प्रवेश गर्ने मुल गेट निर्माणको काम तिब्र गतिमा अगाडि बढेको छ ।

गत आर्थिक बर्ष मन्दिर निर्माण र गेटसमेत निर्माणका लागि नगरपालिकाको ५० लाख बजेट र चालु आर्थिक बर्षको नगरपालिकाकै १० लाख बजेटमा गेट निर्माणको काम तिब्र रुपमा अगाडि बढाइएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार अबको १ महिनाभित्र गेट निर्माणको काम पुरा हुनेछ । मुल गेट निर्माणको काम पुरा भएपछि मन्दिर थप आकर्षक देखिने उनले बताए ।