काठमाडौंः नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । भोलि ६ गते सांसदमा एमसीसी टेबुल गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गर्ने संघका सचिव तथा गैरभौगोलिक प्रदेश अध्यक्ष सुशील भट्टराईले बताए ।

युवा संघ नेपालले एमसीसी विरुद्ध देश व्यापी आन्दोलन गरि रहेको साथै एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउदै एमसीसी नेपालको कानुन र संबिधान भन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा आफुहरु चुप लागेर बस्न नसक्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले बताए ।

सरकारले पटक पटक एमसीसी संसदमा पेस गर्ने तयारी गरेको हुदा युवा संघ नेपालले आन्दोलनको घोषण गरेको संघका सचिव नरेश गिरिले जानकारी दिए ।