काठमाण्डौंः  नेकपा एमाले भक्तपुरका नेता दामोदर काफ्ले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
नेपाल (एमाले) मा व्यक्तिवादी प्रवृत्ति, अहंकारवाद, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद हावि भएको भन्दै बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै आएर काफ्ले प्रवेश गरेका हुन् ।

एमालेमा रहेर ०६७ मा नगर कमिटी हुँदै जिल्ला कमिटीको जिम्मेवारी समेत वहन गरीसकेका उनले अव एमालेमा कम्युनिष्ट चरित्र नरहेको भन्दै कार्यकर्ताहरुलाई अलमल नगर्न र सहि निती विचार र सिध्दान्त अंगिकार गरेको एकीकृत समाजवादीमा आवद्ध हुन अनुरोध गरे ।

नवप्रवेशि काफ्लेलाई नेकपा (एकीकृत समाजवादी) का महासचिव डा।बेदुराम भुसालले खादा र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम वस्नेत र सचिव पुरुषोत्तम लामिछानेको उपस्थिति रहेको थियो ।