इटहरीः हिजो बुधबारबाट बिक्रि शुरु भएको राष्ट्र उत्थान लघुवित्तको आइपीओमा दुई दिनमै १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

राष्ट्र उत्थान लघुवित्तको आईपिओमा बिहीबार (फागुन ९ गते)साँझ सम्ममा १२ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका शेयर माग गर्दै आवेदन दिएका छन् ।

पछिल्लो समय थोरै आपुर्ती भएको र लगानीकर्ताको आकर्षण लघुवित्तमा निकै भएका कारण माग बढेको हो ।
कम्पनीले सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा आजसम्म परेको आवेदन २३।५१ गुणा बढी आवेदन हो ।

कम्पनीले बुधबार (फागुन ४ गते) बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०।५५ कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्र उत्थानको आईपिओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।