इटहरीः प्याराग्लाईडिङका खेलाडी तथा प्रशिक्षक देशविर जिमी याक्खालाई धरानमा निर्घात कुटपिट भएको छ ।
पिडित जिमीले इलाका प्रहरी कार्यालय धरान कार्यालयलाई दिएको उजुरी अनुसार उनलाई प्रदेश १ प्याराग्लाईडिङ संघका अध्यक्ष भुपाल चाम्लिङ्ग र उनको समुहले माघ २९ गते दिउँसो साङ्घातिक आक्रमण गरेको उनले उल्लेख गरेका छन् ।

कुटपिट पछि जिमीको टाउको , आँखा र दाँतका चोट लागेको छ । धरान स्काई एड्भेन्चर प्रालिले सञ्चालन गर्ने र गरिरहको खेलहरुको सन्दर्भमा अनियमितता भएको भन्ने विषयमा कुरा उठाएको भन्दै जिमी माथि कुटपिट भएको बताईएको छ ।

धरान १ का वडा अध्यक्ष रोशन अधिकारीको रोहवरमा छलफल भइरहेको बेलामा भूपाल चाम्लिङ लगायतले अन्धाधुन्द कुटपिट गरेको पीडित जिमीले प्रहरीलाई दिइएको उजुरीमा उल्लेख गरिएको छ ।

घटना पश्चात प्रहरीले अचेत अवस्थामा रहेका जिमीलाई उद्धार गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगेको थियो । प्रहरीले उद्धार नगरेको भए आफ्नो ज्यान बच्न नसक्ने भन्दै पीडित जिमीले न्यायका लागि र कुटपिटमा संलग्नलाई कडा कानूनी कार्वाहीको माग राखि धरान प्रहरीमा उजुरी दिएका हुन् ।

gimi 1

यस बीचमा प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ भने कुटपिटमा संलग्न भनिएका आरोपी भूपाल चाम्लिङ भने अझै फरार छन् । घटनाको अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ।

भुपाल चाम्लिङ्गले जिमीलाई केहि दिन अघि नै ज्यानमार्ने धम्की दिएको भएपनि धरानका मिडियाले त्यस सम्बन्धि समाचारलाई प्राथनिमकता नदिएको सामाजिक संजालमा आरोप समेत लागेको छ । वरिष्ठ मुर्तीकार रोजन राईले फेसबुकको प्रयोग गर्दै धराने पत्रकारहरुले जिकी उपर भएको घटनालाई किन स्थान नदिएको भन्दै लेखेका छन् “हाम्रो धराने पत्रकारहरु कहाँ हुनुहुन्छ ? यो घटना ४ दिन अघि घटेको रहेछ ।

अन्तर्राष्ट्रिय एवम केन्द्रीय प्याराग्लाईडीङ पाईलट तथा प्रशिक्षक देशविर जिमी(याक्खा)लाई प्रदेश १ प्याराग्लाईडिङ संघका अध्यक्ष भुपाल चाम्लिङद्वारा ज्यानै मार्ने गरि साङघातिक आक्रमण भएको रहेछ । २ जना आक्रमणकारी प्रहरी हिरासतमा छ भने १ जना फरार रहेको छ ।”

gimi 2

पिडित देशविर जिमी (याक्खा)का अनुसार धरानका धेरै जसो पत्रकार मित्रहरुलाई आफु माथि भएको आक्रमण बारे जानकारी दिँदा पनि कसैले यश बिषयमा समचार समप्रेषण नगरेको बताएको रोजनले बताएका छन् । कुनै बेला कुनैबेला उही जिमिमाथि बिभिन्न शिर्षकमा समाचार लेख्ने पत्रकारहरुले अहिले किन स्थान नदिएको भन्दै राईले पत्रकार महासंघ सुनसरी र याक्खा समुदायको संस्था किरात याक्खा छुम्मा धरान नगर र सुनसरी जिल्ला कमिटिलाई ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न अनुरोध गरेका छन् ।