इटहरीः नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको समिक्षा गर्दै घरजग्गा कारोबारलाई थप कडाई गर्ने संकेत गरेको छ ।

अर्थतन्त्रमा देखिएका विद्यमान समस्याहरु समाधान हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको बताउँदै राष्ट्र बैंकले केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाई गर्ने घोषणा गरेको छ भने उत्पादनशील क्षेत्रमा जाने ऋणको ब्याजदर केही सस्तो बनाउने बताएको छ ।

उसले अव घरजग्गा तथा शेयर धितोमा लगानी हुने कर्जामा पुनरावलोकन गर्ने पनि उल्लेख गरेको छ । तर उसले समीक्षामा के कति हुने भन्ने विषयमा भने केहि उल्लेख गरेको छैन् ।

मौद्रिक नीतिका समीक्षामार्फत राष्ट्र बैंकले कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमा साथै रेमिट्यान्स स्थानान्तरणको सुविधालाई समेत पुनरावलोकन गर्ने बताएको छ । भने पुर्नःकर्जाको व्याज भने ७ प्रतिशतमा नबढ्ने स्पष्ट पारेका छ ।

केन्द्रीय बैंकले बैंकहरुले राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदरलाई पनि बढाएको छ। बैंकले मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत विन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । यसअघि बैंकहरुले ५ प्रतिशत ब्यादरमा स्थायी तरलता सुविधा लिंदै आएका थिए।