रामधुनीः सुनसरीको रामधुनी नगरपालिकामा रहेको एकमात्र बहुमुखी क्याम्पस भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसको आफ्नै भवन बन्ने भएको छ । शुक्रबार वडा नं. ३ मा मेयर जयप्रकाश चौधरीले क्याम्पस भवनको शिलान्यास गरेका हुन् ।

सञ्चालक समितिको पहलमा पुरुसोत्तम काफ्ले र भीम लुइटेलले क्याम्पसलाई १० कठ्ठा जग्गा दिएका थिए । सोहि जग्गामा भवन निर्माणका लागि शिलान्यास  गरिएको हो ।

IMG_20220218_101032

संघ, प्रदेश र स्थानीय सरकार, विश्वविद्यालय अनुदान आयोग, संसद बिकास कोष लगायत विभिन्न निकाएको सहयोगमा करिब ३ बर्षभित्र क्याम्पसको आफ्नै भवन निर्माण गरिने क्याम्पस प्रमुख गोविन्द निरौलाले प्रदेश पोर्टलालई जानकारी दिए ।

अहिले भासी माद्यामिक विद्यालयको भवनमा क्याम्पस सञ्चालनरत छ । आफ्नै भवन तत्काल बनाउँन नसक्दा स्कुलको भवनमा क्याम्पस सञ्चालन भइरहेकाले क्याम्पसको आफ्नै भवन बनाउँन लागिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर चौधरीले क्याम्पस भवन निर्माणका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।

IMG_20220218_102418