धरानः धरानका दुई दाजुभाई मिलेर मदिरा व्यवसाय शुरुवात गरेका छन् । धरान १० स्थित पुतलीलाइन(भाटभटेनी अगाडि) शुक्रबारदेखि हाङ्ग लिक्विर होम सञ्चालनमा आएको हो । उक्त लिक्विर होम दाजु ताराहाङ्ग र भाई नरहाङ्ग मिलेर खोलेका हुन् । सञ्चालकद्धयका आमा अनादेवी राई र चुराकुमारी राईले रिबन काटेर लिक्विर होमको उद्घाटन गरेका थिए ।

सञ्चलाक ताराहाङ्गका अनुसार करिब ३५ लाख लगानी भएको छ । तत्काल खुद्रा व्यवसाय भएपनि आगामी आर्थिक बर्षबाट होलसेल पनि शुरु गर्ने उनले बताए । केहीसमय पछि किचनको पनि व्यवस्था गरेर बार पनि सञ्चलन गर्ने उनले बताए ।

धरानमा मदिराको पनि पारखीहरु भएकोले कम मुल्यमा उपलब्ध गराइनेछभने निःशुल्क होम डेलिभरीका पनि व्यवस्था गरिएको उनले बताए । मदिराको विदेशी र स्वदेशी उत्पादनहरु राखिएको उनले बताए । नेपाली ब्राण्डहरुलाइ प्राथमिकता दिएको भन्दै उनले ओपनिङ्गको अवसरमा बिशेष छुटको पनि व्यवस्था रहेको बताए ।