इटहरीः लामो समयदेखि भ्रष्ट्राचार बिरोधि अभियान चलाइराखेका ज्ञानेन्द्र शाही अन्नत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

नवप्रवेशी शाहीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । शाहीको पार्टी प्रवेशसँगै राप्रपामा पाँच जना प्रवत्ता भएका छन् । राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनीत भइसकेका छन् ।

‘हाम्रो नेपाल, हामी नेपाली’ नामको अभियान सन्चालन गरिरहेका शाही केही समयअघि देखि राजावादी रहेको संकेत गरेका थिए । शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेको घोषणा गरेका छन् । पार्टीले सुशासन विभाग बनाउने र शाहीलाई त्यसको प्रमुखसमेत बनाउने पार्टी अध्यक्ष लिङ्देनले बताएका छन् ।