कतारः नेकपा एकीकृत (समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च विदेशका नेपालीहरु बिच क्रियाशील हुँदै संगठन निर्माणमा केन्द्रित भएको छ । यसै क्रममा सुक्रबार एकीकृत समाजवादी पार्टीनिकट मजदुर संगठन एकीकृत ट्रेड युनियन महासंघ नेपाल आइसिटियुको प्रवास कमिटी एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतार शाखाको गठन गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष राम हरि गैरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले एक राज कटवाल (दिनेश)को अध्यक्षतामा १५ सदस्यीय कतार शाखाको तदर्थ समिति बनाएको छ ।

समितिको उपाध्यक्षद्वयमा ज्वाला शाही र सुबास रानाभाट,महासचिव गणेश ढकाल, सचिव (संगठन) पदम रानाभाट, सचिव (आर्थिक) चन्द्र कुँवर छन् । त्यसैगरी सदस्यहरुमा राजु बिक,रोज थापा,पूर्ण सेन्चुरी, बिराज राई, सम्झना लामा, रुप बहादुर रानाभाट, बम बाहादुर रानाभाट, गीता बिक तथा भिम क्षेत्रीलाई चयन गरेको छ ।

मञ्चका अध्यक्ष रामहरि गैरेले समाजवादी आन्दोलनको अग्रपङ्क्ति नै मजदुर भएकोले यसको नयाँ नेतृत्वलाई शुभकामना तथा बधाइ दिँदै प्रवासी नेपाली मजदुरका समस्यामा जोडिदैं राजनीतिलाई समाज रुपान्तरणको प्रमुख बिषय बनाउनु पर्ने बताए । अध्यक्ष राज कटवाल (दिनेश)ले सङ्गठनलाई समाजवाद निर्माणको पर्खालमा एउटा इट्टा थप्ने र कतारका मजदुरहरूलाई संगठनमा आवद्ध गर्दे समयमै अधिवेशन गर्ने बताए ।