रामधुनीः सुनसरीको रामधुनी नगरपालिका वडा नं. ५ का २७ बर्षिय शुनिल बिकको उपचारका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगका लागि याचना गरेको छ ।

गत माघ १३ गते बिबाहको कार्यक्रमबाट घर फर्कदै गर्दा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका शुनिलको उपचार खर्च धान्न नसकेपछि उनकी आमा दुर्गादेवी बिकले सहयोगको याचना गरेकी हुन् ।

शुनिलको मेरुदण्डमा गम्भीर समस्या देखिएको छ । हाल उनको आर्या हस्पिटल बिराटनगरमा आइसियूमा राखेर उपचार भइरहेको छ । आफुसँग भएको रकम, छोरी, आफन्त र छिमेकी गुहारेर बल्लतल्ल ९/१० लाख रकम जम्मा गरेपनि सम्पुर्ण रकम उपचारमा सक्किसकेको दुर्गादेवीले बताइन ।

IMG-20220219-WA0007

शुनिलको घरसमेत बैंकमा धितो राखिएको छ । उनका बुबाको पनि हाल कुनै पेशा नभएको दुर्गादेवी बताउँछिन् । ‘भएको घर पनि बैंकमा छ । किस्ता तिर्न नसकेको पनि २ महिना भयो । आफ्नो अलिअलि, छोरी, आफन्त र छिमेकीसँग मागेर ९/१० लाख रकम त जम्मा गरे । तर त्यतिले पुगेन ।’ आशुँ झार्दै दुर्गादेवीले भनिन्, ‘मलाई यस्तो बेलामा सहयोग गरेर मेरो छोरालाई बँचाइदिनूपर्यो ।’ शुनिलको उपचार गर्न अझै कति समय लाग्छ त्यो एकिन भन्न नसकिने चिकित्सकहरुको भनाई छ ।

सहयोग गर्न चाहनेले एनआइसी एसिया बैंकमा उनकै परिवारका सदस्य सुदीप विश्वकर्माको नाममा रहेको एनआइसी एसिया बैंकमा रहेको खाता नम्बर ८९८७८८२७४६५२४००१ मा रकम जम्मा गर्न वा ९८१५३७९७०० मा सम्पर्क गरि आवश्यक सहयोग गर्न सकिने छ ।