इटहरीः नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्ने स्वीकृत पाएका विकास बैंकहरुको साझा संगठन डेभलपमेण्ट बैंकर्स एसोसियनको प्रदेश च्याप्टर अन्र्तगत प्रदेश १ विकास वैंक फोरमको गठन भएको छ ।

नव गठित फोरमको संयोजकमा गरिमा विकास बैंकका प्रदेश प्रमुख मीनप्रसाद सुवेदी चयन भएका छन् भने सह–संयोजकको जिम्मेवारी मुत्तिनाथ विकास बैंकका मनोज विष्टले पाएका छन् ।

गत बिहिबार इटहरी स्थित होटल गोर्खामा भएको बैठकले फोरमको सदस्यहरूमा कामना सेवा विकास बैैंकका खिमलाल भुसाल, साग्रिला बिकास बैैंकका उमेश खड्का, महालक्ष्मी बिकास बैंकका भरतप्रसाद खतिवडा र मितेरी डेभलपमेण्ट बैकका विशाल श्रेष्ठ लाई चयन गरेको छ ।

273038420_372937464670883_5184772690293092615_n

डेभलपमेण्ट बैंकर्स एसोसीएसनका पूर्व र्कायसमिति सदस्य तथा मितेरी डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत तुलससी प्रसाद वस्तीको आतिथ्यमा बसेको बैठकले विकास बैंकहरुको व्यवसायिक समस्या तथा प्रदेशभित्र भएका र गर्नुपर्ने विभिन्न गतिविधीहरुलाई संस्थागत रुपमा डेभलपमेण्ट वैकर्स एसोसियसनमा पठाउने बताएको छ ।

प्रादेशिक समस्याहरु केन्द्रिय स्तरमा समन्वय गर्नका लागि विभिन्न विभागहरुका विभागीय उपसमिति गठन गरिए अनुरुप प्रदेशहरुमा पनि प्रदेश विकास बैंक फोरमको बताइएको छ ।