इटहरीः लिखत पारितको आधारमा सुनसरी जिल्लाको भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा माघ महिनामा पनि पहिलो नम्बरमा आएको छ ।

माघ महिनामा भएको कामको सुचि अनुसार इनरुवा मालपोत कार्यालयबाट मात्रै २ हजार ८ सय ७ वटा लिखत पारित भएका छन् भने १५४ वटा नामसारी र १ सय ४५ वटा संसोधन इनरुवा मालपोत कार्यालयबाट भएका छन् ।

भुमिव्यावस्था तथा अभिलेखिकरण बिभागले दिएको जानकारी अनुसार इनरुवा मालपोत कार्यालयबाट माघ महिनाभरीमा १ हजार १ सय ७० जग्गा रोक्का र ९ सय २ जग्गा फुकुवा भएका छन् भने १३ वटा जग्गा वाँडफाँड र ९२ दाखिल खारेज भएका छन् ।

सुनसरी जिल्लाको अर्को मालपोत कार्यालय धरानले एक महिनामा ४ सय ५० वटा लिखत पारित गरेको छ भने २४ वटा नामसारी र २ सय १२ जग्गा रोक्का र १ सय ५५ वटा जग्गा फुकुवा गरेको छ ।

बढी कारोबारको आधारमा मालपोत कार्यालय बेलबारी मोरङ्गले २ हजार ५ सय ३६ लिखत पारित गरेको छ भने प्रदेश राजधानी विराटनगरबाट जम्मा ९ सय १८ लिखत पारित भएका छन् । मोरङ्ग जिल्लाको अर्को मालपोत कार्यालय रंगेलीबाट माघ महिनामा ३ सय ८३ लिखत पारित भएका छन् ।

लिखतकै आधारमा हेर्ने हो भने भुमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले १ हजार ९ सय ८० लिखत पारित गरेको छ भने त्यसलाई पछ्याउँदै मालपोत कार्यलय दमकले १ हजार २ सय ४२ लिखत पारित गरेको छ ।

जग्गा कारोबारको चाप प्रदेश २ को जनकपुरमा बढी देखिन्छ । जनकपुरधामको भुमिसुधार तथा मालपोत कार्यालयले माघ महिनामा २ हजार १ सय ६४ लिखत पारित गरेको छ भने प्रदेश नम्बर ३ का मालपोत कार्यलयहरु लगनखेल र भत्तपुरमा १ हजार ९ सय १६ र १हजार ९ सय २२ लिखत पारित भएको देखिन्छ । काठमाण्डौ जिल्लाका पाँच वटा मालपोत कार्यलयलाई हेर्दा कलंकीको मालपोत कार्यलयबाट १ हजार ६ सय ६८ लिखत पारित भएको छ भने अन्यमा हजार भन्दा तलकै अंकमा लिखत पास भएका छन् ।

यसैगरी इनरुवा मालपोत कार्यालयले एक महिनामै ३ करोड भन्दा बढी पुँजीगत लाभकर उठाएको छ । घर जग्गा कारोबार गर्दा दरभाउ मुल्य बढी राख्दा बढी पँुजीगत लाभकर बढी तिर्नुपर्छ । भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाले माघ महिनामा मात्रै ३ करोड १८ लाख ४१ ह्जार ९ सय १८ रुपैया पुँजीगत लाभकर उठाएको छ भने ७ करोड ३१ लख ३७ हजार ७ सय ३४ रुपैया रजिष्टेसन दस्तुर र ६७ लाख २५ हजार ९ सय ५३ रुपैयाँ सेवा कर उठाएको छ । इनरुवा मालपोतले एक करोड १० लाख ६६ हजार ३ सय १७ रुपैया छुट दिएको देखिन्छ । इनरुवा मालपोत बाट माघ महिनामा १० करोड ६ लाख ५३ हजार ५ सय ८८ रुपैया राजश्व उठेको छ ।