रामधुनीः आगलागीले नष्ट भएको झुम्काको म्याजिक सिनेमा हल पुनः सञ्चालन हुने भएको छ । गएको भदौमा बिजुली सर्ट भएर भएको आगलागीका कारण बन्द भएको सिनेमा हल आउँदो बुधबारदेखि पुनः सञ्चालनमा ल्याउँने तयारी गरिएको हो ।

पुनः सञ्चालनको अवसरमा आउँदो ११ र १२ गते निशुल्क फिल्म हेर्न मिल्ने व्यवस्था गरिएको हलका सञ्चालक पर्शुराम चौधरीले प्रदेश पोर्टललाई जानकारी दिए ।

फिल्म हल पहिले भन्दा अत्याधुनिक र सुबिधा सम्पन्न बनाइएको छ । हलमा ५।१ सराउण्ड साउण्ड, सुबिधायुक्त एसी, थ्रिडी पर्दा, कार्यक्रम गर्नको लागि फराकिलो स्टेज, पुरुष तथा महिलाको लागि स्टेज छेउमै फरक–फरक चेन्जिङ रुम, स्टेज कार्यक्रमका लागि छुट्टै लाइटको व्यवस्थासमेत हलमा गरिएको चौधरीले बताए ।