इटहरीः प्रहरीले अवैध औषधी बिक्रि वितरण गरेको भन्दै मोरङको सुन्दरहरैचा नगरपालिका–१० बिराटचोकमा संचालित नेती फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित पक्राउ गरेको छ ।

लागुपदार्थ दुव्र्यसनीमा लागेकाहरुलाई अवैध औषधी विक्रि वितरण गर्ने गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताईको छ । दुई मेडिकल सञ्चालकलाई पक्राउ गरेसँगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् ।

लागुऔषध प्रयोगकर्ताहरुले उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको आरआईटी समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सोमवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ बर्षीय शुसिल काफ्ले र निजको श्रीमती ३२ बर्षीया गोमा कार्की तथा सेवन कर्ताहरु सुन्दरहरैचा–१ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा–१० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ , सुन्दरहरैचा–९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेस परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् ।

उक्त दुईवटा मेडिकलबाट प्रहरीले ठुलो मात्रामा लागु औषधमा प्रयोग हुने अवैधानिक विक्रि वितरण हुने चक्कि समेत बरामद गरेको छ । यसरी अनाधीकृत रुपमा दुब्र्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री बितरण गर्ने दुबै मेडिकल संचालकलाई ठूलो परिणामको औषधीहरु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।