विराटनगरः नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबार (आज)देखि नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता शूरु भएको छ । आज भएको उद्घाटन खेलमा प्रिमियर–११ र परर्शुराम वारियर्स विजयी भएका छन् ।

पहिलो खेलमा प्रिमियर–११ ले म्याजिक स्ट्राइकर्सलाई ४६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ८ विकेट गुमाई १ सय १८ बनायो । जस्मा म्यान अफ द म्याच अमित अटलले ४७ रन र हरिष अग्रवालले २६ रनको योगदान दिए । म्याजिकका रोहित अग्रवालले सर्वाधिक ३ विकेट लिए ।

 जवाफ १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको म्याजिकले निर्धारित ओभरमा ७ विकेट गुमाई ७२ रन मात्र जोड्न सक्यो । जस्मा सुभम अग्रवालले सर्वाधिक १९ रनको योगदान दिए । प्रिमियरमा रोहित सावूले सर्वाधिक ३ विकेट लिए ।

 दोस्रो खेलमा पर्शुराम वारियर्सले सिएसवि–११ लाई ७ विकेटले पाराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सिएसवि–११ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ७७ रन बनायो । जस्मा जय सोनीले सर्वाधिक २४ रनको योगदान दिए । पर्शुरामका म्यान अफ द म्याच अरुण शर्माले २ विकेट लिए ।

 जवाफमा ७८ रनको लक्ष्य पाएको पर्शुरामले ८ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जस्मा कुलदिप गौरले २६ रन बनाउँदा विनोद शर्माले अविजित २० रन बनाए । सिएसविका सुमित सोनी, मनोज सोनी र विकाश सोनीले समान १–१ विकेट लिए ।

IMG_6897

 तेस्रो खेलमा प्रिमियर–११ ले हुलास–११ लाई १३ रनले पराजित गरेको छ । प्रिमियरको यो लगातार दोस्रो जित हो । टस हारेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ७ विकेट गुमाई ८७ बनायो । जस्मा अमित अटलले ३४ रन जोड्दा केशव महश्वरीले १५ रनको योगदान दिए । हुलासका अरियन्त वैधले सर्वाधिक ४ विकेट लिए ।

 जवाफ ८८ रनको विजयी लक्ष्य पछ्याएको हुलासले निर्धारित ओभरमा ८ विकेट गुमाई ७४ रन मात्र जोड्न सक्यो । जस्मा सुभम लुनियाले १७ रन बनाउँदा सिद्धार्थ सेठियाले १७ रनको योगदान दिए । प्रिमियरमा म्यान अफ द म्याच वेदान्त जाजुले सर्वाधिक ४ विकेट लिए ।

 विहिबारको पहिलो खेल प्रिमियर–११ र सिएसवि–११ , दोस्रो खेल हुलास ११ र पर्शुराम वारियर्स तथा तेस्रो खेल सिएसवि–११ र म्याजिक स्ट्राइकर्स विच प्रतिपत्र्रा हुने छ ।

प्रतियोगिता फागुन ११ गतेदेखि १४ गते सम्म हुने प्रतियोगिता लीगकम नकआउटको आधारमा हुने छ । प्रतियोगितामा १० बटा लिग खेल हुने आयोजकले जनाएको छ । लिगको टप पहिलो र दोस्रो हुने टिमविच फाइनल प्रतिस्पर्धा हुने छ ।

 मारवाडी समुदायविच खेलाइने प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च र मेढ स्वर्णकार युवा मञ्चका क्रमश म्याजिक स्टाइकर्स, प्रिमियर–११, हुलास–११,परशुराम वारियर्स र सिएसवि–११ सहभागि रहेका छन् ।

 विजेताले ६१ हजार तथा ट्रफि र उप विजेताले २१ हजार तथा ट्रफि हात हात पार्ने छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५१ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने खेलाडीले नगद २१ सयका साथ ट्रफि हात पार्ने छ । उत्कृष्ट बलर तथा उत्कृट ब्याट्म्यानसमेत नगद पुरस्कार तथा ट्रफि हात पार्ने छ । प्रतियोगिता सम्मापन गर्न करिव ८ देखि १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । खेल १०–१० ओभरको खेलाइने छभने फाइनल खेल १२ ओभरको हुने एमपिएल–९ का अध्यक्ष अभिषेक केडियाले बताए ।