इटहरीः खोटाङ्ग जिल्लाको बराहपोखरी गाउँपालिकाकाका पदाधिकारी र कर्मचारीले एकै पटक दोहोरो भत्ता लिएको पाइएको छ ।

सरकारी कामको सिलसिलामा कार्यालय भन्दा बाहिर भ्रमणमा वा काजमा खटिएका पदाधिकारी तथा कर्मचारीले नियामानुसार दैनिक भ्रमण भत्ता पाउने व्यावस्था छ तर कर्मचारीले कार्यालयमा हाजिर गरेको अवस्थामा भने भ्रमण भत्ता खान पाउँदैनन् तर बराहपोखरी गाउँपाकिलाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएकै अवस्थाको भ्रमण गरेको कागज बनाएर झण्डै डेढ लाख रुपैँया सकेको पाइएको हो ।

यस गाउँपालिकाका कर्मचारीले आर्थिक बर्ष २०७६ ७७ मा एक जनाले १४ हजार देखि १ हजार १ सय रुपैयाँ सम्म भ्रमण भत्ता लिएको दिन कार्यालयमा समेत हाजिर गरेर तलव भत्ता समेत बुझेका हुन ।

बराहपोखरी गाउँपालिकाका कार्यलय सहयोगि पुष्पलाल श्रेष्ठले २०७६ साउन २२ गते देखि २८ गते सम्म दित्तेल गएको भन्दै गाउँपालिकाबाट १० हजार ७ सय रुपैँया भत्ता बुझेका छन् तर श्रेष्ठले कार्यालयमा २२ गते देखि २८ गते सम्मनै हाजिर गरेको पाइएको छ ।

कार्यालय सहयोगी श्रेष्ठले सोही बर्ष चैत्र २ गते देखि ८ गते सम्म वडा भ्रमण गरेको भन्दै ४ हजार ४ सय ४० रुपैँया भत्ता बुझेका छन् भने कार्यालयमा समेत ६ गते सम्म हाजिरी गरेका छन् । २०७७ जेठ १६ गते देखि २२ गते सम्म वडा भ्रमण देखाउँदै कार्यालय सहयोगि श्रेष्ठले ६ हजार ९ सय ३५ रुपैया बढि भत्ता लिएका छन् । भ्रमणमा रहेको भनिएको समयमा उनको हाजिर समेत रहेको छ ।

त्यस्तै गरी कार्यलय गाउँपालिका अध्यक्षको स्वकीय सचिवमा राखिएका कैलाश दाहालले २०७६ असोज १ गते देखि ७ गते सम्म दित्तेल भ्रमणमा गएको भत्ता बुझेका छन् तर दाहालले असोज १ र २ गते कार्यालयमा हाजिर गरेको पाईएको छ ।
कार्यलय सहयोगी शिवजी परियारले २०७६ कात्र्तिक १८ गते देखि २३ गते सम्म वडा भ्रमण गरेको भन्दै ६ हजार ३ सय भत्ता बुझेका छन् तर परियालले भ्रमण गरेको भनिएको पुरै समय कार्यालयमा हाजिर गरेको देखिएको छ ।

त्यस्तैगरी सिनियर अहेव शत्रुधन प्रसाद सेठले २०७६ भदौ ४ गते देखि भदौ १० गते सम्म दित्तेल भ्रमण गरेको भन्दै गाउँपालिकाबाट ३ हजार ८ सय ४० रुपैँया भत्ता लिएका छन् तर भदौ ८ देखि १० गते सम्म उनले कार्यालयमा हाजिर गरेका छन् ।

गाउँपालिकाका इन्जिनियर बालेश्वर यादव र असई नरेन्द्र राई २०७६ पुस १२ देखि १८ गतेसम्म वडा भिजिट गरेको देखिएर यादवले ११ हजार ५ सय २० र राईले २ हजार ६ सय ४० रुपैयाँ भत्ता बुझेका छन् तर यादवले पुस १७ गते सम्म कार्यलयमा हाजिरी गरेका छन् भने राईले १४ गते सम्मको हाजिरी गरेका छन् ।

इन्जिनियर बालेश्वर यादवले २०७७ जेठ १७ गते देखि २० गते सम्म पनि वडा भ्रमण गरेको भन्दै गाउँपालिकाबाट ३ हजार ५ सय २० रुपैया भत्ता लिएका छन् तर यादवले १७ देखि १९ सम्म कार्यालयमा उपस्थित रहेको हाजिरी समेत गरेका छन् ।

त्यसैगरी गाउँपालिकाका कार्यालय सहयोगी शिवराज मगर २०७६ फागुन ११ देखि १७ गते सम्म दित्तेल भ्रमणमा गएको भन्दै १२ हजार ९ सय ३५ रुपैँया भत्ता बुझेका छन् सो अवधिभर मगरको कार्यालयमा समेत हाजिरी देखिन्छ । उता सोही बर्षको चैत्र महिनामा समेत गाईघाट गएको भन्दै मगरले ६ दिनको भ्रमण भत्ता लिएका थिए । सो अवधिमा समेत दुई दिनको हाजिर कार्यालयमा पाइएको छ ।

त्यसैगरी कार्यालय सहयोगी मगर २०७७ जेठ ७ गते देखि १३ गते सम्म गाईघाटमा गएको भन्दै भत्ता बुझेका छन् तर त्यतिबेला पनि ७ गते देखि १० गते सम्मको हाजिरी गरेका छन् । भने वडा भिजिट गरेको भन्दै मगरले सोहि बर्षको जेठ ३१ ग्ते देखि असार २ गते सम्मको भत्ता समेत बझेका छन् भने असार १ गते सम्मको हाजिरी पनि गरेका छन् ।

गाउँपालिकाकाका सहायक पाँचौ रमेश पोखरेलले २०७६ फागुन १९ गते देखि २१ गते सम्म गाईघाट भ्रमण गरेको भन्दै गाउँपालिकाले भत्ता भुत्तानी गरेका छ । सो अविधिमा पोखरेलले २० र २१ गते कार्यालयमा हाजिर समेत गरेको पाइएको छ । पोखरेलले गाउँपालिकाबाट १ हजार ३ सय २० रुपैँया भत्ता बढि लिएका छन् ।

उता पालिकाका सहायक पाँचौ विपिन निरौलाले २ पटक विराटनगरको भ्रमण गरेको भन्दै १४ हजार २ सय ५० रुपैयाका दरदे २८ हजार ५ सय भत्ता लिएका छन् । निरौलाले लिएको भत्ताको अवधिमा उनि कार्यालयमै रहेको पाईएको छ । निरौलाले २०७७ असार २० देखि २६ सम्म र असार १२ देखि १८ गते सम्म विराटनगर भ्रमण गरेको खुलाएर भत्ता लिएको देखिएको छ । उता बराहपोखरी गाउँपालिकाका शिक्षा अधिकृत विज्ञान राउतले २०७६ चैत्र ६ गते देखि १२ गते सम्म दित्तेल भ्रमण गरेको देखाएर भत्ता लिएका थिए तर राउतले कार्यालयमा समेत ६ र ७ गते हाजिर गरेको पाइएको महालेखा परिक्षकको ५८ औँ लेखा प्रतिवेदनले स्पष्ट पारेको छ ।

गाउँपालिकाका कर्मचारीले कार्यालयमा हाजिर भएको अवस्थामा भ्रमण भत्ता नपाउने नियम भएता पनि उनिहरुले यो भत्ता बुझेका छन् । महालेखाले यो सबै खर्च सम्बन्धितबाट असुल गर्न गाउँपालिकालाई निर्देशन दिएको छ ।