विराटनगरः नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११ उपाधि नजिक पुगेको छ ।

प्रिमियर–११ ले विहिबार भएको खेलमा सिएसवि–११ लाई १ सय ३० रनको पराकिलो रन अन्तरले पराजितद गरि लगातार तीन खेलमा जित हात पार्दै उपाधि नजिक पसगेको हो ।त्यस्तै विहिबारै सम्मपन्न खेलमा हुलास–११ र म्याजिक स्ट्राइकर्स विजयी भएका छन् ।

पहिलो खेलमा प्रिमियर–११ ले सिएसवि–११ लाई १ सय ३० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ४ विकेट गुमाई १ सय ८६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ द म्याच कपिल बाहेतीले २१ बलमा ८ छक्का र ६ चौका प्रहार गरि ८६ रन बनाउँदा रिषी महेश्वरीले १२ बलमा ५१ रनको योगदान दिए । सिएसविका अजय सोनी र जयस सोनीले १–१ विकेट लिए ।

IMG_6989

जवाफ १ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको सिएसविले निर्धारित ओभरमा ६ विकेट गुमाई ५६ रन मात्र जोड्न सक्यो । जस्मा अजय सोनीले सर्वाधिक अविजित १९ रनको योगदान दिए । प्रिमियरमा कपिल बाहेतीले २ विकेट लिँदा गौरव राठीले पनि २ विकेट लिए ।

दोस्रो खेलमा हुलास–११ ले पर्शुराम वारियर्सलाई ५ विकेटले पाराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पर्शुरामले निर्धारित १० ओभरमा ४ विकेट गुमाई ९० रन बनायो । जस्मा केशव शर्मा अविजित ३८ बनाउँदा निखिल शर्मा १५ रनको योगदान दिए । हुलासका गौरव लालवानीले २ विकेट लिए ।

जवाफमा ९१ रनको लक्ष्य पाएको हुलासले ९ दशमलव ३ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच दर्शन दुगडले ३३ रन बनाउँदा पवन पारखलेले अविजित २१ रन बनाए । पर्शुरामका विनोद गौरले २ विकेट लिए ।

IMG_6919

तेस्रो खेलमा म्याजिक स्ट्राइकर्सले सिएसवि–११ लाई ९० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको म्याजिकले निर्धारित १० ओभरमा ३ विकेट गुमाई १ सय ५० रनको विशाल स्कोर खडा गरेको छ । जस्मा म्यान अफ द म्याच अनिष अग्रवालले अविजित ५४ रन जोड्दा रोहित अग्रवालले ६० रनको योगदान दिए । सिएसविका राहुल सोनीले सर्वाधिक २ विकेट लिए ।

जवाफ १ सय ५१ रनको विशाल लक्ष्य पछ्याएको सिएसविले निर्धारित ओभरमा ८ विकेट गुमाई ६० रन मात्र जोड्न सक्यो । जस्मा यस सोनीले १३ रन बनाउँदा राहुल सोनीले १० रनको योगदान दिए । म्याजिकका सुभम अग्रवालले सर्वाधिक २ विकेट लिए ।

शुक्रबारको पहिलो खेल प्रिमियर–११ र पर्शुराम वारियर्स , दोस्रो खेल हुलास ११ र सिएसवि–११ तथा तेस्रो खेल सिएसवि –११ र म्याजिक स्ट्राइकर्स विच हुने खेल सम्योजक हेमन्त अग्रवालले जानकारी दिए ।