इटहरीः पछिल्लो समय रसिया र युक्रेनबिच तनाव बढेपछि त्यहाँका नेपालीलाई समस्या परे गैह्र आवासिय नेपाली संघ राष्ट्रिय सम्मन्वय परिषद युक्रेनमा सम्पर्क गर्न एनआरएनले आग्रह गरेको छ ।

युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारणले त्यहा रहनु भएका नेपालीहरुको सुरक्षा प्रति संघ चिन्तित रहेको बताउँदै बिहिबार एक विज्ञप्ती जारी गरेर संघले त्यस्तो आग्रह गरेको हो ।

युक्रेनमा अहिले २०० भन्दा बढि नेपाली ट्रान्जिटमा रहेका र ४४ जना विद्यार्थीहरु पढ्न गएको रेकर्ड आफुहरुसँग भएको गैह्र आवासिय नेपाली संघले जनाएको छ ।

त्यहाँ रहेमा ३८ जना नेपाली राष्ट्रिय समन्वय परिषद युक्रेनको सम्पर्कमा रहेको बताइएको छ । संघका प्रवत्ता डिवि क्षेत्रीले जारी गरेको विज्ञप्तीमा समस्यामा परेका नेपालीले युक्रेनको गैह्र आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्यव परिषदका हरि मल्लको सम्पर्कमा आउन भनेका छन् । मल्ललाई ३३०९३४३७७०० मा सम्पर्क गर्न सकिने संघले बताएको छ ।