इटहरीः इटहरी उपमहानगरले आफ्नो नगरभित्र तीन वटा थप आधारभूत स्वास्थ्य केन्द्र भवनको शुक्रबार उद्घाटन गरेको छ ।

उपमहानगरपालिकामा वडा नम्वर १८, १९ र २० मा नवनिर्मित स्वास्थ्य इकाई भवनको उद्घाटन भएको हो ।
शुक्रबार इटहरी उपमहानगरका प्रमुख द्धारिकालाल चौधरीले इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउने योजना अनुरुप स्वास्य संस्थाको सेवा सुरु गरिएको बताएका छन् ।

यो संगै इटहरीका सबै वडामा आधारभुत स्वास्थ्य संस्था रहेको र आधारभूत सेवा लिन गाँउका वासिन्दाले शहर जानै पर्ने समस्याको हल भएको नगरप्रमुख चौधरीले बताएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाइ भवनवाट स्वास्थ्य सेवा संचालन गर्न जनशक्ति र आवश्यक समाग्रीको ब्यवस्थापन भइसकेको जानकारी दिइन् । आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाँउ गाँउका वािसन्दा उत्साहित बनेको गौतमले बताइन् ।

आफ्नो वडाको स्वास्थ्य संस्था उद्घाटन कार्यक्रममा सोहि वडाहरुका अध्यक्ष वडा नम्वर १८ मा वडाध्यक्ष रामकुमार चौधरी, १९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।