इटहरीः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक केजिभन्दा बढि सुन सहित इटहरीका कमल घिमिरेलाई पक्राउ गरेको छ ।

घिमिरे फ्लाई दुवईको उडानबाट ठुलो मात्रामा सुन सहित नेपाल आएको थिए । घिमिरेसँगै बिमानस्थलमा कार्यरत नायव सुव्वा लक्ष्मण गुरागाई समेत पक्राउ परेका छन् । घिमिरेले ल्याएको १ हजार १६५ ग्राम तौल बराबरको सुन अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको र गुरागाईले सो सुन पास गराउन सहयोग गरेको थाहा भएको छ ।

घिमिरेले सुनको १० थान सिक्री सहित अन्य गहना ल्याएको खुलेको छ । उनिहरुलाई प्रहरीले उनिहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईले अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनको सिक्रीहरु लिएर भन्सार जाँच क्षेत्र पास गराई पुन घिमिरेलाई दिएको पाइएको प्रहरीको भनाई छ । थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ ।