बराहक्षेत्रः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको ‘उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार’ सिनियर अहेब योगेन्द्र कट्टेललाई प्रदान गर्ने भएको छ । सिनियर कट्टेल बराहक्षेत्र २ मा अबस्थित चतरा अस्पतालमा कार्यरत छन् ।

उनलाई २४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा आइतबार मन्त्रालयद्वारा पुरस्कृत गरिएको चतरा अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरीले जानकारी दिए ।

पुरस्कारको पचास हजार रुपैयाँ राशीको रहेको छ । मन्त्रालयमा आयोजन हुने दिवसको विशेष कार्यक्रममा स्वास्थ्य मन्त्री विरोध खतिवडाले उनलाई पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा कट्टेलसहित देशभरेका विभिन्न विधामा कार्यरत उत्कृष्ट स्वास्थ्य कर्मचारी सम्मानित हुनेछन् ।

सिनियर अहेब कट्टेलले साविक चतरा स्वास्थ्य प्राथमिक केन्द्रको आर्थिक वर्ष २०७६र०७७ मा उत्कृष्ट कर्मचारी पुरस्कार समेत हात पारिसकेका छन् ।