इटहरीः रोग पिडित बनेकी इटहरी उपमहानगरपालिका वडा नम्बर १० निवासी कुमारी गिरीलाई इटहरी उपमहानगरपालिका मार्फत संचालन भएको उपमेयर आत्मनिर्भर कार्यक्रमले स्वरोजगार बनाएको छ ।

ठेला पनि मर्मत गर्नुपर्ने र अन्य सामान समेत खरिद गर्नुपर्ने भएपछि कुसुमलाई सकस परेको थियो । पहिला पनि ठेलामा मःम चाउमिन लगायतका खाजा बनाएर बेच्ने गरेकी गिरीको व्यवसाय कोरोना महामारीका कारण भएको विश्व व्यापी लकडाउनका कारण टुटेको थियो तर अहिले उपमेयर आत्मनिर्भर कार्यक्रम मार्फत गिरीले इटहरी उपमहानगरपालिकाको सहयोग पाइन् ।

विगत ४ बर्षदेखि श्रीमान्ले कान्छी लिएर हिडेपछि सहाराविहिन बनेकी गिरीलाई गाउँलेले बोलाउने नाम कुसुम रहेछ । उनि थाइराइड, व्लडप्रेसर, युरिक एसिड लगायतका रोगले पिडित छिन् । एसईई दिने तयारी गरिरहेका छोरा दिपेश गिरी र बाह्र बर्षीया छोरीको साथमा बस्ने कुसुमलाई उपमेयर आत्मनिर्भर कार्यक्रम मार्फत इटहरी उपमहानगरपालिकाले ग्यास चुल्हो, प्लेट, चम्चा, केहि खाद्यान्नका सामान सहित ठेला मर्मत खर्च सहयोग गरेपछि कुसुमले आफ्नो पुरानै कामलाई निरन्तरता दिने आँट गरेकी छिन् ।

उपमेयर आत्मनिर्भर कार्यक्रम मार्फत कुसुमले एउटा बाल्टि एउटा वाटा, चना, मटर, एक बोरा आलु, मम पकाउने भाँडाको सेट, १२ वटा चम्चा १२ वटा प्लेट लगायतका सामाग्री इटहरी उपमहानगरबाट पाएकी छन् । कुसुमले आफ्नो पुरानो ठेलालाई मर्मत गर्नका लागि समेत सहयोग मागेकी थिइन् । उपमहानगरले त्यो पनि दिएको छ ।

274614832_516231523251406_4248049134027571364_n

नेपाल प्रहरीको असई रहेका उनका श्रीमान् अहिले उनका होइनन् अर्कैका श्रीमान बनेका छन् । पहिला १९ महिना सम्पर्कमा आएका थिएनन् पछि कुसुमले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि घर आएका थिए तर उनले कान्छी ल्याइसकेका रहेछन् । पहिला त उनले उजुर बाजुर गर्दिन भनेर कागज गर्न आग्रह गरेका थिए तर सँधै भरी त्यसरी कहाँ चल्छ र कुसुम विनै उनि बाँच्न सक्छन् भने उनले पनि बाँच्न सक्छु भन्ने आँट कसिन् र २ बर्ष पहिला भने अफिसियल डिभोर्स गरिन् । संघर्षको अर्को नाम जिन्दगी हो संघर्षले श्रीमान् विनै बाँच्न सिकाएको छ अहिले कुसुमलाई ।

डिभोर्स भएपछि कुसुमको भागमा छोरो छोरीको अँश सहित ११ धुर जग्गा र सानो टिनको घर परेको छ र पतिको भागमा “कान्छी”।खोटाङ्ग जिल्लाको एैसेलुखर्क कुसुमको माइती हो, तर उनी माईत नगएको पनि १८ बर्ष भन्दा बढि भएछ । २०६० साल देखि कुसुम माईती गएकी छैनन् । तर उनको उमेर भने चार दशक तिर लम्किदैछ । आफ्नी आमा सानैमा बित्नुभएपछि कुमारीका वुवाले पनि कान्छी ल्याएका रहेछन् त्यसपछि माईतमा पनि उनको अस्थित्व त्यति छैन । कुसुम पछि तराईतिरै आएर बसेकी रहिछन् ठुलो बुवाको घरमा । अहिले उनको माईतीसँग सम्बन्ध विच्छेद जस्तै भयो । उनको बुवाले पनि कुसुमलाई सम्पर्क गर्दैनन् । सायद कान्छी ल्याएपछि अरुको याद आउन छाड्दो रहेछ । अहिले कुसुमका छोरा छोरीलाई त्यस्तै छ हुर्किएका उनका छोरा छोरीलाई बुवाले फोन गरेको भेट्न खोजेको याद छैन् ।

274575697_687969162377715_8363937994231438882_n

कुसुमको खानको लागि आउने कुनै बाटो छैन, त्यो ठेला बाहेक । त्यही ठेलामा खाजा बेचेर कुसुमले दैनिक ३ सय देखि हजार बाह्र सय सम्मको व्यपार गर्छिन् त्यसमा आफ्नो सामानको खरिद कटाएर बाँचेको उनको कमाई हो । विश्व व्यापी कोरोना महामारीको प्रभाव र पहिलो देश व्यापी लकडाउन भन्दा पहिले पनि गिरीले ठेलामा व्यापार गर्ने गरेकी थिइन् । श्रीमान्को कमाईले सबै आवश्यकता धान्न सकिदैन् । छोरा छोरीलाई पहिला नीजि स्कुलमा पढाइरहेकी कुसुमले आवश्यकतालाई धान्न नसकेपछि सरकारी विद्यालयमा लगाएकी रहिछन् ।

समस्या थियो सम्बन्धमा या त बुझाईमा बेला बेला ठेलाको व्यपार गर्दै गर्दा कुसुमका श्रीमान्ले “लेभल” नमिलेको भन्दै विवाद सिर्जना गर्न थालेका थिए श्रीमान्लाई खुसी बनाउनैका लागि कुसुमले केही समय उद्योगमा समेत काम गरेकी थिइन्, तर त्यसले निरन्तरता दिन सकिनन् । आखिर आफ्नो भनेको आफ्नै हो पछि कुसुमले आफ्नै ठेलालाई निरन्तरता दिइरहेकी थिइन तर कोरोना सबैको दुश्मन बनेर आयो ठेला निकाल्न सक्ने अवस्था आएन् । व्यपार छाडेर एउटा कुनामा राखिएको ठेला खियाले काम नलाग्ने बन्यो । अहिले आफ्नै ठेला मर्मत गर्न अरुको सहारा लिनु पर्ने अवस्था आयो कुसुमलाई ।

कुसुमले लकडाउन पछाडी निर्माण साइडमा लेबर बनेर पनि थुप्रै काम गरिन् । आफु विरामी भएका कारण साइडमा कामगर्न गाह्रो हुदै गएको अवस्था थियो त्यस्तै बेलामा वडामा बच्चाको जन्मदर्ता गर्न गएको बेला इटहरी उपमहानगरपालिका वडा नम्बर १० कि सचिव शर्मिला दाहालले कागजी प्रक्रियामा सहयोग गरेर सहयोगको लागि उपमेयर आत्मनिर्भर कार्यक्रममा सहभागी गर्न सिफारिस गरेकी रहिछन् । आत्मनिर्भरताको लागि अन्य बाटो नभएकी कुमारी जस्ता नारीलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने कार्यक्रमलाई सलाम छ ।

एकल महिला, अहसाय तथा गरिवी पहिचाहान हुने प्रमाणका आधारमा नगरपालिकाले उनिहरुको अवस्था हेरेर कसैलाई व्यवसायिक सीप त कसैलाई आर्थिक सहयोग नै गर्ने गरेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम बताउँछिन् । सहयोग लिनेहरुले काम गरेका छन् कि छैनन् भनेर उपमहानगरले बेला बेला अनुगमन समेत गर्ने गरेको गौतमको भनाई छ ।