इटहरीः इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्र्तगत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ ।

इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरे । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले आफनो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फडको मारेको वताए । इटहरी उपमहानगपालिकाका वासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाई गरेको वताए ।

1646135024187

इटहरीवासीले गाँसकाटेर दिएको करवाट इटहरी वनेको उनको भनाई छ । उपप्रमुख लक्ष्मी गौतमले छात्रावास सहितको अत्याधुनिक सामुदायिक विद्यालय यो सुनसरीमै पहिलो हुने दावी गरिन् । उनले यो इटहरी उपमहानगरको शैक्षिक क्षेत्रको फरक र महत्वपूर्ण गौरवको कार्यक्रम रहेको जनाइन् ।

शिक्षासेवी लेखनाथ घिमिरेले यति ठूलो योजनाका लागि पहल गर्ने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिप्रति आभार ब्यक्त गरे ।

वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईको अध्यक्षतमा भएको कार्यक्रमलाई उपमहानगर शिक्षा महाशाखाप्रमुख सूर्य सुवेदी,पूर्व प्रधानाध्यापक केशव सुवेदी,इटहरी खानेपानी सस्थाका अध्यक्ष रामप्रसाद चौलागाई,पूर्व प्रधानाध्यापक केशव सुवेदी,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दामोदर सापकोटा लगायतले सम्वोधन गरे ।

इटहरी उपमहानगरपालिकाको पहलमा राष्ट्रिय योजना आयोग मार्फत संघीय सरकारको विशेष अनुदानमा उपमहानगरपालिकाको दश प्रतिशत लगानी थप गरि भवन निर्माण हुने छ ।