सुन्दरहरैंचाः हिन्दुहरुको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि नेपाली समाजमा रहँदै आएको छ । तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ । त्यस्तै समाजलाई चुनौती दिदै उदाहरणीय छोरी बनेका छन्, मोरङका दुई शिक्षिका दिदीबहिनी ।

मोरङ, सुन्दरहरैचा ४, बासबारी निवासी दिपा खतिवडा र सुनिता खतिवडा अहिले अर्कि चेली सपना खतिवडा (सिलवाल) सहित आफ्नो दिबंगत आमाको सामुहिक क्रिया बसेका छन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका हुन् ।

खतिवडा दिदिबहिनी कोरा भित्र क्रीया बसेका छन् । आमालाई दागबत्ती दिने र किरिया बस्ने दिपा र सुनिता अविवाहित हुन् । अर्कि बहिनी सपना भने विवाहित भएकाले सामाजिक रिति अनुसारकै संस्कार मानिरहेकी छिन् ।

आफ्ना आमाबाबुको मृत्यु पश्चात छोराहरु कोरा पसेर क्रिया गर्ने प्रचलन रहेपनि दिपा र सुनिता कोरामा क्रिया गरिरहेकी छिन् । ५५ बर्षिय आमा मनमाया ढकाल खतिवडाको असामयिक निधन भएपछी दुई दिदिबहिनीले क्रीया बसेको दिपा बताउछिन् ।
सानो भाइ बोधराजको अल्पआयुमै मृत्यु भएपछी आफुहरु तीन छोरी मात्र रहेको र धर्ममा महिलालाइ क्रीया बस्न हुदैन भनेर रोक नलगाइएकोले मृतक आमालाई दागबत्ती दिइ क्रीया गरेका हौुं दिपा बताउछिन् ।

275062059_7029148047155630_1283139739344973934_n

दिपा भन्छिन् ‘समाजमा छोरा नहुने परिवारहरुको हकमा दाइभाइ उनिहरुको छोरा र त्यो पनि नभए अन्यले काजक्रीया गर्ने संस्कार छ, तर हामी छोरीलाई त्यो अधिकार छैन त्यस्तो विभेद हामी स्विकार्दैनौ ।’
लिङ्गको आधारमा छोरा र छोरिहरुले पनि आफुलाइ जन्मदिने बुवाआमाहरुको रेखदेखका साथै मृत्युपछी गरिने संस्कारमा सहभागी हुन सक्छन भने उदाहरणको रुपमा आफुहरु क्रीया बसेको अर्कि छोरी सुनिता बताउछिन् ।

दिदीबहिनीको साहस देख्दा आमाको क्रीया गर्न विवाहित भएकाले नपाएको तर आफ्ना दिदीबहिनीको कदमबाट आफू गौरवान्वित भएको सपना बताउछिन् । बुवाआमाको काजक्रीया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन ल्याउन खतिवडा दिदिबहिनीले गरेको साहसलाई सामाजिक संजालमा धेरैले स्रहाना गरेका छन् ।