इटहरीः साँगुरीगढी गाउँपालिका शिक्षक संघको अध्यक्षमा कुल प्रसाद दाहाल चयन भएका छन् ।
मंगलबार बसेको शिक्षकहरुको भेलाले दाहालको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ भने केहि अबकास प्राप्त शिक्षहरुलाई सम्मान समेत गरेको छ ।

भेलाको उपाध्यक्षमा महिला तर्फ बिमाश्वारी राईलाई चयन गरेको छ भने अन्य उपाध्यक्षमा हरि प्रसाद दाहाल लाई चयन गरेको छ । समितिको सचिवमा गीता चेम्जोङ्ग र अर्थ सचिवमा किशोर लिम्बु चयन भएका छन् ।

त्यसैगरी गरी सहसचिवमा राजेन्द्र आचार्य महिला तर्फ सहसचिवमा गीता सुवेदी साथै अर्थ तर्फ प्रेमलाल चौधरी र समावेशी तर्फ हेम कुमार राईलाई चयन गरिएको छ ।

274921001_5566375903379593_5933725494511417421_n

शिक्षक संघ साँगुरीगढीको सदस्यहरुमा निशा मगर, मदन पोखरेल, मन्जु अधिकारी, चन्द्र प्रसाद दाहाल, मोहन रिमाल, मङगल माया राई, सुर्यमान राई, कुमारी सुव्वा, राजकुमारी राई, पवित्र याक्खा, खिलनाथ कोइराला, टंक माया याक्खा र कविता तुम्वा चयन भएका छन् ।

भेलाले सेवा निवृत्त भएका रमेश इवाहाङ, अमर सिंह राई, अमर बहादुर राई र मीन वहादुर भण्डारीलाई सम्मान समेत गरेको छ ।