इटहरीः नजिकिँदै गएको १४ औँ साफ गेम तथा अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको लागि प्रदेश स्तरीय तेक्वान्दो खेलाडीहरुको छनौट तथा तेक्वान्दो प्रतियोगिता फागुन २० र २१ गते इटहरीमा हुने भएको छ ।

राष्ट्रिय तथा प्रदेश स्तरीय टिम छनौट गर्नको लागि पनि प्रतियोगिताको आयोजना गरिएको र सोही प्रतियोगितामा देखिने प्रस्तुती अनुसार खेलाडीको छनौट गरिने प्रदेश नबम्बर एक तेक्वान्दो संघ नेपालका अध्यक्ष शैलेश विष्टले बताए ।

विष्टका अनुसार प्रतियोगितामा सहभागी खेलाडीबाटै छनौट गरेर उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिममा लगिने छ भने उत्कृष्ट मध्येबाट प्रदेशले आफ्नो प्रदेश स्तरीय खेलाडीको समेत छनौट गर्ने भएको छ ।

इटहरी स्थित तेक्वान्दो सभाहलमा आयोजना हुने प्रतियोगितामा प्रदेश नम्बर एकको १४ वटा जिल्लाबाट १ सय ७१ जना खेलाडीको सहभागिता रहने र प्रतियोगिता र खेलाडी छनौटको काम २ दिन सम्म चल्ने प्रदेश नम्बर एक तेक्वान्दो संघ नेपालका मिडिया संयोजक युवराज काफ्लेले बताएका छन् ।

274712558_1333176027092963_3014659674501578495_n

सिनियरमा १६ तौल समुह र जुनियरमा १० तौल समुहका खेलाडी सहभागी हुने र प्रदेश एकमै पहिलो पटक सेन्सर सिस्टमबाट प्रतियोगिता गराईने काफ्ले बताउँछन् । साफ गेम र ओलम्पिक गेममा समेत सबैभन्दा बढि मेडल प्राप्त सफल खेल तेक्वान्दोमा खेलाडीहरुको उच्च आकर्षण रहेको पाइन्छ ।

तेक्वान्दो खेलिरहेका जिल्लाका खेलाडीहरुबाट जिल्ला स्तरीय तेक्वान्दो संघहरुले पहिलेनै जिल्ला स्तरीय खेलाडीहरुको छनौट गरिसकेका छन् । जिल्लाबाट छनौट भइसकेका खेलाडीहरु प्रदेश स्तरीय समुहमा र प्रतियोगितामा सहभागी हुने प्रदेश एकका अध्यक्ष विष्टको भनाई छ ।