इटहरीः इटहरीका पुराना नागरिक तथा मदिरा व्यवसायी इटहरी उपमहानगरपालिका वडा नम्बर ६सङ्गीत चोक निवासी रामकुमार श्रेष्ठको बुधबार काठमाण्डौमा निधन भएको छ ।

मृतक श्रेष्ठका छोरा प्रल्हाद श्रेष्ठको ३५ बर्षको उमेरमै गत माघमा निधन भएको थियो । छोराको मृत्यु भएको २९ दिनमा बुवा रामकुमार श्रेष्ठले पनि संसार छाडेका छन् ।

आन्द्रामा भएको क्यान्सरका कारण २ बर्षदेखि काठमाण्डौको मेडिसिटि अस्पतालमा उपचार गराइरहेका श्रेष्ठ छोराको मृत्यु भएको खवरले थप मर्माहत भएको परिवारले बताएका छन् । उनको बुधबार उपचारकै क्रममा काठमाण्डौको मेडिसिटिमै अस्पतालमा मृत्यु भएको नागरिक समाज इटहरीका अध्यक्ष राजु केसिले बताए ।

मृतक श्रेष्ठ इटहरीस्थित कमला कोल्ड स्टोरका प्रोपराइटर समेत हुन् । इटहरीको जनता स्कुलमा पढेका मृतक श्रेष्ठका २ छोरा र २ छोरी थिए । २ मध्येका एक प्रल्हादले ३५ बर्षको अल्पआयुमै माघ महिनामा संसारलाई त्यागेका थिए । पार्टीगत हिसावले नेपाली काँग्रेस वडा नम्बर ६ का पुर्व कार्यसमिति सदस्य समेत रहेका रामकुमार उद्योग बाणिज्य संघ इटहरीका सदस्य समेत थिए ।

उपचारका क्रममा आज फागुन १८ गते देहअवसान को खवरले आफुहरु दुःखी त मर्माहत बनाएको नेपाली काङ्ग्रेस ६ नम्बर परिवारले बताएको छ । समाजसेवी समेत रहेका श्रेष्ठको अन्तिम संस्कार बिहिबार(भोली) इटहरी स्थित बुढिगंगा मुत्तिघाटमा गरिने बताइएको छ ।