मोफसलका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो अनेरास्ववियूको उपलब्धि

  • फाल्गुन १८, २०७८
  • ३०२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाण्डौः नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुको सगठन अनेरास्ववियूले उर्जामन्त्रीलाई माग गरेको विद्यार्थीहरुलाई निशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरणको माग पुरा हुने भएको छ ।

उर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।

अहिलेलाई काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ । केन्द्रका जैविक ऊर्जा शााखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने छ ।

274763616_947479722595662_7316340827519385103_n

‘धेरै आवेदन र्पयो भने दुर्गम तथा अतिदुर्गम क्षेत्रबाट काठमाडौं आएर बसेका विद्यार्थीलाई प्राथमिकतामा राख्छौं,’ उनले भने,’हामीसँग उपलब्ध बजेट र विद्यार्थीहरुको माग संख्यालाई हेरेर चुल्हो खरिद हुन्छ ।’

मजगैयाँका अनुसार खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन यस्तो कदम चालिएको हो । यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने उनले बताए ।

‘विद्यार्थीलाई पनि राहत हुने र स्वच्छ ऊर्जाको खपत पनि बढ्ने गरी विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न आवेदन मागेका हौ।,’ मजगैयाँले भने,’काठमाडौं बाहिरबाट आएर विश्वविद्यालयस्तरमा अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

received_638136490592603

केहि दिन अघि अनेरास्ववियूले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसमक्ष विद्यार्थीहरुलाई निशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्नुपर्ने माग सहित ज्ञापन पत्र वुझाएको स्मरण गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गरेको निर्णय आफ्नो संगठनको आंशिक उपलव्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस

धरानका मेयर हर्क साम्पाङको बोल्ड निर्णयः फोहोर गर्नेलाई ऐनअनुसार कारबाही गरिने

धरानः सडकमा जथाभावी फोहोर फाल्नेलाई धराान उपमहानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । मङ्गलबार ब ...

सम्मानसँग स्वास्थ्योपचार पाउने भएपछि खुसी मुद्रामा पूर्वखेलाडी

विराटनगरः आफ्नो जीवनको लामो समय फुटबलमा व्यतित गरेका पूर्वफुटबल खेलाडी हरि खड्का आइतबार विराटनगरमा भ ...

राजस्थानी स्वाद चखाउन इटहरीमा खुल्यो राजस्थानी ढावा

इटहरी: भारतको हरियाणा तथा राजस्थानमा पाइने स्वादिलो खाना सेट ख्वाउन इटहरीमा राजस्थानी ढावा सञ् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved