इटहरीः नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले बिक्रि खुल्ला गरेको आईपीओको बाँडफाँड यहि साता भित्र बाँडफाँट गर्ने जनाएको छ ।कम्पनीको शेयर बिक्रि बक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले शुक्रबार भित्रै आईपीओ बाँडफाँड गर्ने संकेत गरेको छ ।

आवेदन भेरिफिकेशनको काम भइरहेको र काम सकेसँगै शुक्रबार सम्ममा बाँडफाँड गर्ने योजनामा रहेको बुझिएको छ ।
लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणलाई वितरण हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ शेयर माग गरिएको छ । शेयर थोरै र आवेदक बढि परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै शेयर पाउनेछन् ।