इटहरीमा २५ करोडमा निर्माण हुने कोल्डस्टोर सहितको आधुनिककृषि वजारको शिलन्यास

  • फाल्गुन १९, २०७८
  • १५८५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः इटहरी उपमहानगरपालिकाको नगरगौरवको सवैभन्दा ठूलो योजना कोल्डस्टोर सहितको आधुनिककृषि वजार बिहिबार शिलान्यास गरिएको छ । इटहरी वडा नम्वर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गरे ।

इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि वजार निर्माण हुने छ । कृषि वजारमा ६ लाख केजी समाग्री एकै पटक भण्डारण गर्न सकिने कोल्डस्टोर रहने छ ।

तरकारी र फलफूलजन्य समाग्रीको विक्री कक्ष,एटिएम सहितको वैंक,प्रशासनिक भवन,आवास कक्ष,दुईवटा धर्मकाँटा,१० वटा थोक विक्री कक्ष निर्माण गरिने छ । यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको छ । दुईवर्षमा निर्माण सकिने कृषि वजारका लागि क्रमागत वजेट उपलब्ध हुने छ ।

उपमहानगरपालिकावाट ५० प्रतिशत सहभागिता रहने छ ।यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ । शिलान्यास समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरकापालिकाका प्रमुख द्धारिकलाल चौधरीले उपहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँसकाटेर वुझाएको करवाट इटहरीमा विकास निर्माणले गति लिएको वताए ।

274991432_477648004025765_7191219974473058398_n

पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको उनले वताए । इटहरीको विकासमा दलहरु विच राम्रो सहिष्णुता रहेको प्रमुख चौधरीको भनाई छ । उपप्रमुख लक्ष्मी गौतमले कृषि वजार इटहरीको गहनाको रुपमा रहने वताइन् । कहिं कतै वेइमानी नगरि,भ्रष्टाचार नगरि इटहरीको पूर्वाधार निर्माणमा उल्लेख्य कार्य भएको उनको भनाई छ । प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले कृषि प्रधान देशभएकाले कोल्ड स्टोरको उल्लेख्य महत्व हुने वताए ।

कोल्डस्टोर र कृषि वजारका कारण रोगगारी अवसर सृजना हुने उनको भनाई छ । वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वरालले वडा नम्वर ९ मा भएका विकास निर्माणका कार्यले जनता खुशी रहेको वताए । वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतमले इटहरीमा कृषि वजारको आवश्यकता पूरा हुन लागेको भन्दै प्रशन्नता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

पोल ढलेपछि चार दिनदेखि अन्धकारमा त्रियुगा र चौदण्डीगढी

इटहरीः गत शनिबार आएको बाढीले ढलेको पोल मर्मत नहुँदा उदयपुरको उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिक ...

प्रदेश १ की नवनियुक्त प्रदेशसभा सदस्य हिमा बस्नेतद्वारा सपथ ग्रहण

इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभामा नवनियुक्त समानुपातिक सांसद हिमादेवी बस्नेत (भट्टराई) को सप ...

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved