इटहरीः स्थानीय १५ बर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका – ४ का १९ वर्षीय रमेश लिम्बु छन् ।

लिम्बु यहि फागुन १७ गते स्थानीय १५ बर्षीया किशोरीलाई बलात्कार गरी फरार भएको प्रहरीको भनाई छ । प्रहरीले आरोपी लिम्बुलाई बिहिबार पक्राउ गरेको हो । घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।