इटहरीः मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित हुलास वायरको कारखाना अगाडी प्रेसर कुकर बम राखिएको प्रमाणित भएको छ ।

कुकर बम जस्तो शंकास्पद बस्तु भेटिएको पछि आवागमन रोकेर प्रहरीले डिस्पोजल टोलीलाई बोलाएको थियो । बिहिबार साँझको करिब साँढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुनै अप्रिय घटना हुन नदिन घटनास्थलमा हाल बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो ।

शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर बम नै भएको पुष्टि पश्चात नेपाली सेनाले डिस्पोज गरेको हो । खबर प्राप्त भएलगत्तै घटनास्थलमा परिचालित प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिई बम निष्क्रिय बनाएको हो ।
यद्यपि, बम कसले राखेको हो भन्ने बिषय भने हालसम्म पुष्टि नभएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले हाल बम राख्ने व्यक्तिको खोजी कार्य तीव्र बनाएको छ ।