बेलबारीः मोरङको बेलबारीबाट लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिहिबार दिउँसो ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बेलबारी नगरपालिका ४ मा पुर्व तर्फ जाँदै गरेको को २ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको लागूऔषध गाँजा ४ केजी सहित उनिहरु प्रहरी नियन्त्रणमा परेका हुन् ।

पक्राउ पर्नेमा अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राई रहेका छन् ।

त्यस्तै बेलबारी ९ का ३० बर्षीय अविनास खवासलाई गाँजा २०० ग्राम सहित घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकोछ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।