विराटनगरः ओखलढुंगा र उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ ।

बिहिबार बिहान ११ बजे ओखलढुङगा चिशंखुगढी गाँऊपालिका ३ दियाले बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए । घाईते मगरको दिउसो साढे १ बजे मिसन अस्पताल ओखलढुंगा पुर्याई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो ।

यसैगरी बिहिबार बेलुका ५ बजे उदयपुर त्रियुगा नगरपालिका १० करमगाछि की ५५ बर्षीया कालुमाया राई त्रियुगा नगरपालिका ११ बरुवा समुदायिक बनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडेर घाईते भएकी थिईन् ।

घाईते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको । घटनाबारे थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।