इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ४ स्थित वुढीगँगा आधारभूत विद्यालयका नवनिर्मित भवनको उद्घाटन र नयाँ वन्ने अर्को भवनको शिलान्यास सुक्रबार गरिएको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उदघाटन तथा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रमुख चौधरीले सो विद्यालयमा पढने विपन्न वर्गका विद्यार्थीका लागि एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिदिए । आफना स्वर्गीय पिता नाथुराम चौधरीको स्मृतिमा अक्षयकोष निर्माण गरि विद्यालयका प्रधानाध्यापक तारा फूयाँललाई एकलाख रुपियाँको चेक हस्तान्तरण गरे । उनले आफू जनप्रतिनिधि रहेपनि नरहेपनि आफनो पूरा जीवन इटहरीको विकास र सम्वृद्धिमा अपर्ण गर्ने वताए ।

इटहरीको विकास यहिका जनताको अथक प्रयासमा भएको उनको भनाई छ । विद्यालयको २९ वार्षिक उत्सव समेत पारेर आयोजित कार्यक्रमा वावुराम उपाध्याय भटटराईले आफना स्वर्गीय भाई कुमार भटटराईको स्मृतिमा स्थापित अक्षयकोषमा एकाउन्न हजार रकम हस्तान्तरण गरे ।

1646378087547

वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरले स्वास्थ्य शिक्षा र पूर्वाधार निर्माणमा उल्लेख्य कार्य गरेको वताइन् । ती कार्यको अहिले धमाधम नजिता देखिन थालेको उनको भनाई छ ।

इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार आज(सुक्रबार) उदघाटन गरिएको पश्चिम तर्फको भवनको पहिलोतल्ला राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका १८ लाखको लागतमा निर्माण भएको हो । पूर्व तर्फको भवन शशर्त अनुदान अन्र्तगत ४० लाखको लागतमा निर्माण भएको हो ।

1646378087561

अव वन्ने तीन तले भवन चारकरोडको लागतमा वन्ने छ । त्यहाँ विद्यालय भवन,खेलमैदान,क्यान्टिन र सरस्वतीको मन्दिर निर्माण हुने छ । कार्यक्रममा नागरिक समाजका अध्यक्ष राजु केसीको पहलमा हङकङमा वस्ने नेपालीले साढे नौ लाख सहयोग गरेको जानकारी गराइयो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्तिनाथ पौडेललाई सम्मान गरियो । कार्यक्रममा स्थानीय भजन पौडेल, रमेश खत्री लगायत वोलेका थिए ।