सुनसरीः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी सम्झौता अनुदान नभई भू–मण्डलीकृत सामाज्यवादको आयाम भएको बताएका छन् ।

शुक्रबार काठमान्डौको खुल्ला मञ्चमा आयोजित सभामा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदमार्फत बेच्न खोजिरहेको आरोप लगाएका छन् ।

खुल्ला मञ्चमा उनले भने, ‘कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेचिरहेका छन् । एमसीसीविरुद्धमा बोल्दा हामीलाई प्रतिबन्ध थियो । एमसीसी अनुदान होइन, घातक अतिक्रमण हो ।’ उनले एमसीसी पास भएको फागुन १५ गते कालो दिन भएको समेत बताए ।