इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको आरम्भ विद्यामन्दिरले रामधुनी नगरक्षेत्रका स्थानीय र आसपासका नागरिकलाई लक्षित गर्दै एक दिने निःशुल्क स्वास्थ्य परिक्षणको आयोजना गर्ने भएको छ ।

विद्यालयले आयोजना गर्न लागेको स्वास्थ्य परिक्षण भएकाले अभिभावक सहित नानिबाबुहरुको आँखा, नाक, कान, दाँत र बालपोषण सम्बन्धि सेवा र परामर्श निःशुल्क उपलव्ध गराइने बताइएको छ ।

विशेष गरेर विद्यालय जाने नानीहरुलाई लक्षित गरी आरम्भले आगामी फागुन २४ गते मंगलबार आफ्नै विद्यालय रामधुनी ५ मा स्वास्थ्य शिविर आयोजना गर्न लागेको विद्यामन्दिरका एकेडेमिक डाइरेक्टर हरि रायमाझीले बताएका छन् ।

विद्यालयले इटहरी स्थित नवदृष्टि आखाँ अस्पतालको सहयोगमा आँखा सम्बन्धि परिक्षण, रामधुनीकै झुम्का स्थित रामधुनी डेन्टल क्लिनिकको सहयोगमा दन्त परिक्षण र सिग्नुत्र नामक संस्थाको सहयोगमा बालपोषण विशेषज्ञ सेवा दिन लागेको हो ।

274880606_759159541728333_4209705634025619124_n

शिविरमा रामधुनी नगरपालिकाको वडा नम्बर ५ को समेत सहयोग रहेको विद्यालयले बताएको छ । निःशुल्क स्वास्थ्य शिविर मंगलबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने विद्यामन्दिरले जानकराी दिएको छ ।

विद्यालयले बालबालिकाको खानपान र पोषणका साथै नाक, आखाँ, कान र दाँतको राम्रो स्याहार होस् भन्ने हेतुले शिविरको आयोजना गरिएको र रामधुनी र आसपासका अभिभावक र नानीबाबुले स्वास्थ्य जाँच गराएर मौकाको फाईदा लिन विद्यामन्दिरले अनुरोध गरेको छ ।