इटहरीः धरानको बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा इटहरी ५ तुलसा टोलमा डेरा गरि बस्ने सुमित्राको हत्या गर्ने धनकुटाका विनेश मगरलाई धरान प्रहरीले आज सार्वजनिक गरेको छ । उनले आफुसंग प्रेम भएपनि अर्को केटासंग मोबाईलमा कुरा गरेको पाएकाले त्यसको रिसमा सुमित्रको हत्या गरेको स्वीकार गरेको धरान प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

इटहरी ५ मा डेरी गरी बस्ने सुमित्रा तामाङ्गलाई मगरले २ दिन सँगै बसेर तेस्रो दिन हत्या गरी फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका धनकुटाको पाख्रिबास ६ फलाटेका २४ बर्षीय जीवन भनिने विनेश राना मगरलाई आइतबार सार्वजनिक गरेको छ । शनिवार मगरलाई उनकै ससुराली घरबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरीका एसपी संजयसिंह थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा मगरले नै सुमित्राको हत्या गरेको देखिएको बताएका छन् । इटहरीमा बसेर सिटी सफारी चलाउने मगर सुमित्रासँग चिनजान भएर करिव एक बर्षअघि देखि नजिकिएको अनुसन्धानले देखाएको छ ।

आफ्नो परिवारमा खट्पट भएर श्रीमती माईतीमा बस्दै आएपछि विनेशको सम्बन्ध सुमित्रासँग झ्यागिएको थियो । तर पछिल्लो समय विनेश कामको शिलशिलामा भोजपुर गएको र सुमित्रासँग फागुन १५ गते धरानमा भेट भएका थिए । लामो समयपछि भेट भएका दुवै होटलमा न्यू कान्तिपुर गेष्ट हाउसको १०९ नम्बरको कोठामा २ दिन सँगै बसेका थिए ।

मगरले सुमित्राको मोवाईल फोन चेंक गर्दा अर्कै पुरुषसंग बोलेको भेटेपछि दुवैबीच १६ गते राती झगडा भएको र कुटपिट गरि घाँटी चिथेर विनेशले सुमित्राको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।

झगडा गर्दाका बखत दुवैजनाले मदिरा पिएको र सोही अवस्थामा राती आवेशमा आएर आफुले हत्या गरेको मगरले प्रहरीलाई बताएको एसपी थापाले पत्रकारहरुलाई बताए । सुमित्राको अनुहार र जिउँमा पनि निलडाम, चोटपटक देखिएको प्रहरीको भनाई छ ।

विनेशले होटलमा जीवन मगर भनेर नाम टिपाएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानले तामाङको हत्या भएको देखिएको जनाएको थियो । मृतक महिलाको दुवै आँखाको डिल, घाँटी, जिउ, हातखुट्टा लगायतमा चोटपटक, निलडाम देखिएको थियो ।

प्रहरीका अनुसार त्यसपछि खाटमा सुताई ओढ्ने ओढाइ ब्यागमा रहेको ५ हजार नगद र मृतकको मोबाइल समेत लिई सोही होटलको पछाडीतर्फ चाबी नलगाएको अवस्थाको चेनगेट खोली उनी भागेका थिए ।

प्रहरीले हत्यामा अन्य मानिस संलग्न नरहेको जनाएको छ । विगत १ वर्षअघिदेखि मृतकको विनेशसँग चिनजान भई प्रेम सम्बन्ध रहेको र उनीहरुबीच पटकपटक भेटघाटसमेत हुने गरेको प्रहरीले जनाएको छ ।

सुमित्राका एकजना १८ वर्षका छोरा र १३ वर्षीया छोरी छन् । उनीहरुलाई पढाउन भनी मृतक सुमित्राले इटहरीमा डेरा लिएर बसेकी थिइन् भने उनका पति भारतीय सेनाका रिटायर्ड हुन् । उनि अझै पनि बैदेशिक रोजगारीको क्रममा बु्रनाईमा रहेको बताइएको छ ।