विराटनगरः प्रथम “इक्युवालिटि कप महिला क्रिकेट २०२२” प्रतियोगितामा सुनसरी र झापा विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् ।

पहिलो खेलमा सुनसरीले मदेश प्रदेशको सप्तरीलाई १० विकेटले पराजित गरेको छ । पराजित भएसँगै सप्तरी प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ४३ रनको झिनो स्कोर बनाएको थियो । सप्तरीकी नविता चौधरीले सर्वाधिक ७ रनको योगदान दिइन् । सप्तरीका ७ जना ब्याटरले खाता नखोलि पवेलियम फर्केका थिए । सुनसरीकी वुमेन अफ म्याच सपना साहले ३ विकेट लिँदा प्रिया मलाहाले पनि ३ विकेट लिइन् ।

४४ को झिनो लक्ष्य पछ्याएको सुनसरीले ३ दशमलव ३ बलमा विना विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । दोस्रो खेलमा नेपालका अन्तर्राष्ट्रिय खेलाडिले भरिएको झापाले मोरङलाई विकेटले पराजित गरेको छ ।

IMG_7346

टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ४० रनको झिनो स्कोर बनाएको थियो । मोरङकी कप्तान अन्सु जैसवालले सर्वाधिक ६ रन बनाउँदा ६ जना ब्याटरले खाता नखोलि पवेलियम फर्केका थिए । झापाकी हिरणमाई राँयले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर २ विकेट लिँदा ज्योती दनुवारले पनि ३ ओभरमा ५ रन दिएर २ विकेट दिएकी थिइन् ।

४१ को झिनो लक्ष्य पछ्याएको झापाले ४ दशमलव १ बलमा ९ विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । झापाका काजल श्रेष्ठले अविजित १७ रन बनाउँदा नग्मा तामाङले १३ रन बनाइन्् । भोरङ एक विकेट रन आउटमा पायो । सोमबार (आज) को पहिलो खेल झापा र सप्तरी दोस्रो खेल सुनसरी र मोरङविच हुने छ ।