इटहरीः आग्रह गायक तथा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठकाको सँगतले आफु गायक भएको अर्का हाँस्य अभिनेता हरिबँश आचार्यले बताएका छन् ।

अग्रह हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले आईतबार राजधानीमा एक समारोहबीच गीतकार बासुदेब अधिकारीको नयाँ गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को बिमोचन गरेका छन् । सोही कार्यक्रममा हरिबँशले आफु गायक बन्नमा मदनकृष्णकै हात रहेको जिकिर गरेका हुन् ।

आचार्यले समय अनुसार गीत परिवर्तन भएको बताए । नयाँ पुस्तामा एक थरीका गीतहरु राम्रा आएको र अर्का थरीका गीतकारहरुले गीतको नाममा जे पनि लेख्ने गरेको बताए । दुई दुशक अघि आफु राष्ट्रबैंकबाट निस्कासित भएपछि बासुदेब राष्ट्रबैंकमा जागिरे भएको स्मरण हरिबँशले गरे । बासुदेवका गीतहरु गम्भिर रहन शैलीका रहेको उनले बताए ।

maha jodi bimochan (1)

नौ वटा गीत रहेको यो सँग्रहका सबै गीतहरु शब्द र गायनका हिसावले राम्रो रहेको अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले बताए,‘आजकाल गीतको नाममा जे पनि गाउने क्रम बढेको छ । तर बासुदेबजीले लेख्नु भएका गीतहरु निकै राम्रा रहेछन् ।’

सँग्रहमा रहेको नौ मध्यको एक गीत सास रैछ सास...को भिडियो सो कार्यक्रममा सार्वजनिक गरियो । साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको सो भिडियोमा उत्तम केसी, भिमा मैनालीसहित विभिन्न कलाकारको अभिनय थियो । मधुकर लोहनीले सँगीत गरेको यो गीतलाई सँजय तुम्रुकले गाएका हुन् ।

सँग्रहमा माटो पार्खिँदैछ..., रोल्वालिङ खोली..., सुन साथी..., बुद्ध बन..., साउने झरी..., खरी झ¥यो..., समय छ..., घाम छायाँ...बोलका गीतहरु छन् । यी गीतहरुमा मधुकर लोहनी, विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समालको सँगीत छ । यी गीतहरुमा मधुकर सहित राजेश पायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र बिक्रम थापा र बलराम समालले स्वर दिएका छन् ।

आफुले बिगतमा विभिन्न कवितासँग्रहहरु ल्याए पनि गीति सँग्रह ‘घाम आउँछ छायाँ दिन’ यतीबेला बजारमा ल्याएको गीतकार बासुदेबले कार्यक्रममा बताए । उनको गीतहरु माथि गीतकार डा. कृष्णहरि बराल, सँगीतकार शिलाबहादुर मोक्तान, साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईलगायतले समीक्षा गरे ।